२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

महाधिवेशनको मञ्चमा जनयुद्धकालीन नेताको खोजी

महाधिवेशनको मञ्चमा जनयुद्धकालीन नेताको खोजी
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थिति छ । शनिबार मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी_का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरूको उपस्थिति छ । 

जनयुद्धकालीन नेताहरू सिपी गजुरेल उपस्थित हुँदा डा बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्दलगायत नेताहरू उपस्थित भएको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने नेता तथा कार्यकर्ताको मनोभावना रहेको छ । जनयुद्ध सुरु गर्ने समयका तत्कालीन केन्द्रीय समितिमा रहेकामध्ये १७ जना केन्द्रीय सदस्य एवं नेताहरू यतिबेला माओवादीभन्दा बाहिर हुनुहुन्छ । महाधिवेशन हलले एकीकृत माओवादीको परिकल्पना गरेको छ । 

क्रान्तिकारी कम्यनिष्ट आन्दोलनको मूलप्रवाहका रूपमा रहेको माओवादी विभाजन, टुट फुट तथा विघटनको प्रक्रियाबाट अगाडि बढेको छ । तत्कालीन एकता केन्द्रबाट जनयुद्धको सुरुआत गर्दा माओवादीको रूपमा स्थापित भएको माओवादीका शीर्ष नेताहरू वैद्य, भट्टराई, चन्द र राबहादुर थापा फरक राजनीतिक दलमा लाग्नुभएको छ । 

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा खचाखच भरिएका नेता तथा कार्यकर्ताले भने एकीकृत पार्टी निर्माणका लागि राजनीतिक नीति तथा कार्यक्रमसहित पुनः एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपा ९क्रान्तिकारी माओवादी०का नेता सिपी गजुरेलले पूर्वमाओवादीहरू एकजुट हुनुपर्ने धारणा राख्दा सभाहलले ताली बजाएर स्वागत गरेको थियो । 

नेता गजुरेलले जनयुद्ध सुरु गर्नुभन्दा अगाडि बढेको केन्द्रीय समितिले गरेको प्रतिबद्धता स्मरण गरे पूर्वमाओवादीहरू एक हुने दिन आउने धारणा राख्नुभयो । उहाँले राष्ट्रियताको जर्गेना तथा राजनीतिक नीति तथा कार्यक्रमसहित विचारमा एकठाँउमा आउने वातावरण बनाउन महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि तथा पर्यवेक्षकलाई आग्रह गर्नुभयो । 

उहाँले माओवादीहरू एकठाँउमा आउने दिन टाढा नभएको उल्लेख गर्दै जनजीविका र राष्ट्रियताको सवालमा एकैठाँउमा आउने वातावरण बन्ने उल्लेख गर्नुभयो । धेरै पछाडि माओवादी अध्यक्ष प्रचण्ड र नेता गजुरेलले प्रज्ञा प्रतिष्ठानको हलमा हात मिलाएको दृश्य आफँैमा अर्को महत्वपूर्ण थियो । माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण गणतन्त्र, सङ्घीयता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनको एजेण्डा संस्थागत भएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले सहकार्य तथा सहमतिको कार्यसूचीलाई अझै अगाडि बढाउनुपर्नेमा जोड दिए ।  

माओवादीको त्याग र बलिदानको आधारमा स्थापित भएको गणतन्त्र, सङ्घीयता तथा समावेशिताको प्रतिनिधित्व स्थापित भएको राजनीतिक परिदृश्यलाई अन्य राजनीतिक दलले स्वीकार गरेको अवस्था छ । तत्कालीन नेकपा(एमाले)सँग राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको एजेण्डा अगाडि बढाउने लक्ष्यका साथ पार्टी एकता भए पनि लामो समयसम्म टिक्न सकेन । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादी र एमाले फरक फरक दलका रुपमा पुनः स्थापित भए । 

तत्कालीन नेकपा विभक्त भएर तीन वटा पार्टीका रूपमा स्थापित भएको छ । तैपनि क्रान्तिकारी कम्युनिष्टको एकतालाई अगाडि बढाउनुपर्नेमा नेताहरूको थप जोड थियो । त्यति मात्रै होइन, माओवादी जनयुद्ध र मधेश जनविद्रोहका कारण सङ्घीयता स्थापित भएको तथ्यलाई नेताले महाधिवेशन स्थलमा समरण गर्नुभयो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेस जनविद्रोह नभएको भए मुलुकमा गणतन्त्र आउने थिएन भन्ने टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्र आए पनि जनयुद्ध र जनविद्रोहका कतिपय एजेण्डा अझै पूरा हुन बाँकी रहेको बताउँदै बाँकी कार्यसूचीलाई पूरा गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।  

उहाँले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता महत्वपूूर्ण उपलब्धि कतै धरापमा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको भन्दै अघिल्ला  प्रधानमन्त्रीले गरेका गल्तीलाई गनेर मात्र समस्या समाधान नहुने बताउनुभयो । 

नेकपा(माले)का महासचिव सिपी मैनालीले जनयुद्धले स्थापित गरेको लक्ष्यलाई स्मरण गर्न आग्रह गर्नुभयो । उहाँले जनयुद्धले राजनीतिक परिवर्तन गरेको भए पनि जनताको जीवनस्तरमा सुधार नआएको भन्दै जनयुद्धको लक्ष्य स्मरण गर्न आग्रह गर्नुभएको थियो । 

राप्रपाका नवनिर्वाचित महामन्त्री कुन्ती शाहीले राष्ट्रियता र जनतालाई अधिकार स्थापित गराउने सवालमा माओवादीसँग आफूहरूको एजेण्डा मिल्ने भन्दै देशहितका विषयमा एक आपसमा सहकार्य गर्न सकिने बताउनुभयो । एमालेका महासचिव शङ्कर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकामा पछुतो व्यक्त गर्नुभयो । उहाँले राजनीतिक एजेण्डा र जनतालाई अधिकार सम्पन्न बनाउने विषयमा वामपन्थी शक्तिबीच मतैक्य भए पनि समृद्धिको सवालमा समान धारणा बन्न नसकेकामा गुनासो गर्नुभयो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले परिवर्तनका एजेण्डालाई धरापमा पार्ने गरी प्रतिगमनले टाउको उठाइरहेको बेला वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको एकता अझै अपरिहार्य रहेको बताउनुभयो ।