खस्यौली । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानी र नामकरणको विषय राजनीतिक विषय भएको बताउनुभएको छ । बुटवलमा आज आयोजित साक्षात्कारमा उहाँले प्रदेशको राजधानी र नामाकरण सकेसम्म सर्वसम्मत बनाउने प्रयास भएको जानकारी दिनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो “राजधानी बुटवल हुने वा दाङ भन्ने प्रमुख कुरा हो तर बुटवललाई आधार मानेर राजधानी घोषणा हुन सक्छ । ” प्रदेशसभाका सदस्य सहसराम यादवले विशेष समितिले प्रदेशको राजधानी र नामकरणको विषयमा सिफारिस गरेको र अन्तिम टुङ्गो प्रदेशसभाले लगाउने बताउनुभयो ।