९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गुल्मेली अधिकृत समाजद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान

गुल्मेली अधिकृत समाजद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान
अ अ+ अ-

काठमाडौँ। गुल्मेली अधिकृत समाजले गुल्मी जिल्लाबाट सङ्घीय संसद्मा नवनिर्वाचित सांसदलाई सम्मान गरेको छ ।

समाजद्वारा आज यहाँ आयोजित बधाई तथा शुभकामना कार्यक्रममा प्रतिनिधिसभा सदस्य निर्वाचन र राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसदलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेमा सांसद सागर ढकाल, गोविन्द पन्थी, चन्द्रबहादुर केसी, रामकुमारी झाँक्री, श्रद्धा कुँवर क्षेत्री र सुलभ खरेल रहनुभएको छ । त्यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पनि सम्मान गरिएको थियो ।

समाजकातर्फबाट गृहमन्त्री ओमप्रकाश अर्यालले टीका र माला लगाएर उहाँहरुलाई सम्मान गर्नुभयो । सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सांसदले नागरिकसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री अर्यालले नवनिर्वाचितर पुराना सांसदबीचको बलियोसहकार्यका साथमा जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले सामुहिक प्रयत्न र पहलसहितको नेतृत्व प्रणालीबाट देशलाई संकटबाट बचाएर पूर्वअवस्थामा ल्याएको उल्लेख गर्दै सङ्कट व्यवस्थापनको क्रममा जेजस्ता मानक स्थापित भएका छन् यसलाई अझै बढाउने गरी नवनिर्वाचित सांसदले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“नवनिर्वाचित सांसदहरु सिर्जनशील हुनुहुन्छ । सामुहिकता र सहकार्यबाट मुलुकको विकास र समृद्धिको यात्रामा अगाडि बढ्नुपर्छ ।”

सम्मानीत सांसदले विधि र प्रक्रियाअनुरुप सहमति र सहकार्यको माध्यमबाट जनताको परिवर्तनको आकांक्षा पूरा गर्न सक्रियताका साथ लागि पर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वमूख्यसचिव डा लीलामणि पौडेलले सुशासन प्रवर्द्धनका लागि सार्वजनिक सेवालाई चुस्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । समाजका अध्यक्ष एवं पूर्वसचिव डा रामप्रसाद घिमिरेले प्राकृतिक विपत्तिमा राहत जुटाउनेदेखि सार्वजनिक सेवामा प्रोत्साहनलगायतका काम गर्दै आएको उल्लेख गर्नुभयो । रासस