२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन



अ+ अ-

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा (सुनार) ले १३ औँ दक्षिण एशियाली खेलकूद(साग) प्रतियोगिताका लागि निर्माण सम्पन्न हुन नसकेका भौतिक पूर्वाधार छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अगामी नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बाँकी पूर्वाधार तयार हुनुपर्छ भन्नुभयो ।

पोखरामा सागका केही खेल सम्पन्न हुनुले यहाँको गरिमा र महत्व बढाएको मन्त्री विश्वकर्माले उल्लेख गर्दै कास्कीको घान्द्रुक, बागलुङको ढोरपाटन, मनाङ र मुस्ताङ जिल्लामा हाई अल्टिच्युड खेल मैदान निर्माण गर्न अभियानका रुपमा अगाडि बढाइने जानकारी दिनुभयो ।
पोखरा म्याराथनको १४ औँ संस्करण सम्बन्धमा उहाँलाई जानकारी दिइएको थियो । मञ्चका अध्यक्ष तेज गुरुङले आगामी फागुन ३ गते हुने १४ औँ संस्करणको पोखरा म्याराथनमा विदेशी धावकको आकर्षण बढाउन पुरस्कार राशिमा वृद्धि गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।