९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई
अ अ+ अ-

सुनसरी। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बसाहा क्लब उदयपुरले जितेको छ ।

इटहरीस्थित जनता कलेजको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा बसाहा क्लबले लोहोरुङ् एफसी सङ्खुवासभालाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै बसाहा क्लबले रु चार लाख चार हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता लोहोरुङ् एफसीले रु दुई लाख दुई हजार पुरस्कार प्राप्त गरेको आयोजक क्लबका सचिव विज्ञान राईले जानकारी दिए ।

बसाहा क्लबका रितेश तामाङ्ले खेलको २६औँ मिनेटमा गरेको गोल नै आजको खेलको निर्णायक बन्यो । आजको खेलमा उत्कृष्ट खेलाडी तामाङ नै घोषित भए । उनले रु २० हजार पुरस्कार प्राप्त गरे । खेलको ‘म्यान अफ दी म्याच’ लोहोरुङ् एफसीका मिलन लिम्बु घोषित भए । उनले रु पाँच हजार पाँच सय पुरस्कार पाए ।

यसैगरी, बसाहा क्लबका मञ्जिल खड्का उत्कृष्ट डिफेन्सर,  लोहोरुङ् एफसीका विवेक राई उत्कृष्ट मिडफिल्डर’ बसाहा क्लबकै केशव राई उत्कृष्ट प्रशिक्षक, आयोजक द योङग ब्रदर्श क्लबका सविन घिमिरे उदीयमान खेलाडी तथा बसाहा क्लबका सन्दीप भट्टराई उत्कृष्ट गोलकिपर घोषित भए । उनीहरुले जनही रु १० हजार पुरस्कार पाए ।

गत फागुन ३० गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा केराबारी फुटबल क्लब मोरङ, जलथल फुटबल क्लब हल्दिबारी झापा, लोहोरुङ् एफसी सङ्खुवासभा, चुतन स्पोर्टिङ क्लब तेह्रथुम, बसाहा क्लब उदयपुर, न्यू स्टार क्लब बराहक्षेत्र, आयोजक द योङग ब्रदर्श क्लब तथा भारतको कञ्चनजङ्घा फुटबल क्लबको सहभागिता रहेको थियो । रासस