९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन

आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन
अ अ+ अ-

काठमाडौँ। घरेलु प्रतियोगितामा दबदबा बनाउँदै आएको बन्दी सहायता नियोग (पाम) र बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा टिम च्याम्पियन भएका छन् ।

नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा आइतबार सम्पन्न च्याम्पियनसिपमा पाम जुनियरमा र एमएमएसी क्याडेटमा च्याम्पियन भएका हुन् । पाम लगातार आठौं संस्करणमा च्याम्पियन भएको हो ।

यसअघि क्याडेट र जुनियर विधामा छुट्टाछुट्टै टिम च्याम्पियन राखिएको थिएन । सातौं संस्करणसम्म समग्रमा पाम च्याम्पियन हुँदै आएको थियो । यसपल्ट जुनियर विधामा मात्र पाम च्याम्पियन भयो । पाम सर्वाधिक चार स्वर्ण र एक रजत जित्दै टिम च्याम्पियन भएको हो । क्याडेटतर्पm भने पाम दोस्रो स्थानमा नै खुम्चियो ।

नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगितामा जुनियरमा बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोस्रो र दाङ जुडो डोजो तेस्रो भए ।

क्रिरा शिखाले दुई स्वर्ण पदक तथा दाङले एक स्वर्ण र तीन रजत जिते । घरेलु मैदानमा क्याडेटतर्पm टिम च्याम्पियन एमएमएसीले ६ स्वर्ण, पाँच रजत र आठ कांस्य पदक जित्यो ।

पामले पाँच स्वर्ण, तीन रजत र ४ कांस्य पदक आफ्नो बनायो । समग्रमा पामले ९ स्वर्ण, चार रजत र चार कांस्य पदक भित्रायो । क्याडेटमा भुटानको पेल्खिल डोजो क्लब तेस्रो स्थानमा रह्यो । भुटानी टोलीले तीन स्वर्ण, एक रजत र दुई काँस्य प्राप्त  गर्यो।

जुनियर र क्याडेट दुवैमा शीर्ष तीन स्थानका टोलीले क्रमशः १५ हजार, १० हजार र पाँच हजारका दरले नगद पुरस्कार पाए । प्रतियोगिताको जुनियर पुरुषमा पामका सबिनकुमार दियाली र महिलामा बंगलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए ।

क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक, महिलामा पेल्खिनकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले जनही पाँच हजार नगद पुरस्कार पाए । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने । यो प्रतियोगिता बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको हो ।

आइतबार जुनियरर्तm ९ स्पर्धाका फाइनल भए । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दिपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान खत्री, ६० केजीमुनि पामका सबिनकुमार दियाली र ७३ केजीमुनि बंगलादेश क्रिराका साहिन अहमदले स्वर्ण जिते ।

महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि क्रिराकी फबिहा बुश्रा पहिलो भए । विजेतालाई त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा.डा. रामकृष्ण महर्जन र आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए ।

समापनको अवसरमा जुडोका संस्थापक मध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।–न्युज एजेन्सी नेपाल