९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘नागरिक सेवा प्रवाह र सुशासनका लागि एनआइडी इन्ट्रिगेसन उपयोगी’

‘नागरिक सेवा प्रवाह र सुशासनका लागि एनआइडी इन्ट्रिगेसन उपयोगी’
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। के तपाइँले नयाँ नागरिकता बनाउनुभएको छ । यदि त्यसो हो भने अब राष्ट्रिय परिचयपत्र बनाउन जाँदा तपाइँले झण्झट बेहोर्नुपर्ने छैन किनकी नयाँ नागरिकता लिएका नागरिकले राष्ट्रिय परिचयपत्र बनाउँदा छुट्टै फारम भरेर लाइन बस्नुपर्दैन ।

पहिला छुट्टै फारम भरेर शुल्क पनि तिर्नुपर्ने र घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो । अब भने सहज र छिटो तरिकाले राष्ट्रिय परिचयपत्र बन्नेछ । प्रि इनरोलमेन्ट फारम नभरीकनै नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचयपत्र लिन सकिने भएको हो ।

नेपाल सरकारको डिजिटल सुशासन र प्रशासनिक सरलीकरणको अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट उद्घाटन गर्दै अब ७७ वटै जिल्लाबाट प्रि इनरोलमेन्ट फारम नभरिकनै नागरिकता नम्बरका आधारमा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिई राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने छ । उक्त सेवाको आज एक विशेष कार्यक्रमबीच गृहमन्त्री ओमप्रकाश अर्यालले शुभारम्भ गर्नुभयो ।

वर्षौंदेखि हुन नसकेको र सेवा प्रवाहमा नागरिकता र राष्ट्रिय परिचयपत्रको लागि छुट्टाछुट्टै फारम भरी समयसमेत खर्चिनुपर्ने अवस्थालाई हटाउन, सेवा प्रवाहमा सरल र सहज पहुँच स्थापित गरिएको छ । सो अवसरमा गृहमन्त्री अर्यालले नागरिक सेवा प्रवाह र सुशासनका लागि एनआइडी इन्ट्रिगेसन उपयोगी र सान्दर्भिक हुने बताउनुभयो । उहाँले परिवर्तिन प्रणाली डिजिटल सुशासनको मानक भएको उल्लेख गर्नुभयो ।

गृहमन्त्री अर्यालले यो पहल डिजिटल सुशासन सुदृढीकरण, सार्वजनिक सेवा प्रवाह सुधार तथा एकीकृत डिजिटल परिचय प्रणाली प्रवद्र्धनतर्फ सरकारको महत्वपूर्ण कदमका रूपमा लिइएको बताउनुभयो । यस नयाँ व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने नेपाली नागरिकले अब राष्ट्रिय परिचयपत्रका लागि छुट्टै अनलाइन पूर्व–दर्ता फाराम भर्नु नपर्ने भएको छ । यसले सेवा प्रवाहलाई सरल, छरितो तथा नागरिकमैत्री बनाएको मन्त्री अर्यालको भनाइ छ ।

यो सेवा केन्द्रीय नागरिकता व्यवस्थापन सूचना प्रणाली (सिसिएमआइएस) र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली (इनआइडीएमआईएस) बीच एपिआईमार्फत गरिएको अन्तर–आबद्धताबाट सम्भव भएको हो । नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र विवरण दर्ता केन्द्रमा नागरिकको ११ अङ्कको नागरिकता नम्बर प्रविष्ट गरेपछि सम्बन्धित नागरिकका विवरण स्वतः सिसिएमआइएस बाट एनआइडीउमआइएसमा प्राप्त भई औँठाछाप, आँखा (आइरिस), फोटो तथा हस्ताक्षरजस्ता जैविक विवरण सङ्कलन गरी राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सम्पन्न गरिन्छ ।

देशभर दैनिक करिब आठ हजारदेखि नौ हजार नागरिकता प्रमाणपत्र जारी हुने अवस्थालाई मध्यनजर गर्दै यस प्रणालीमार्फत ठूलो सङ्ख्यामा नागरिकले नागरिकता प्राप्त गर्ने दिनमै राष्ट्रिय परिचयपत्रमा दर्ता हुने सुविधा प्राप्त गर्नेछन् । यसबाट सेवा लिने समय घट्ने, पुनः कार्यालय धाउनुपर्ने अवस्था कम हुने तथा सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेकै दिन राष्ट्रिय परिचयपत्र सेवा प्राप्त गर्ने पहिलो नागरिकलाई राष्ट्रिय परिचयपत्रसमेत हस्तान्तरण गरिएको छ । गृहमन्त्री अर्यालले सो परिचयपत्र हस्तान्तरण गर्नुभयो ।

यस प्रणाली लागू हुनुअघि नागरिकता प्राप्त गरिसकेका नागरिकले भने विद्यमान अनलाइन पूर्व–दर्ता प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र दर्ता गर्न सक्नेछन् । रासस