१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिसेस युनिभर्स २०१९ मा भिड्दै ‘बिनु’



अ+ अ-

काठमाडौं । ‘टुडेज उमन मिसेस नेपाल युके’ बिनु लामिछाने यतिबेला काठमाडौंमा छिन् । यही २२ देखि ३० डिसेम्बरसम्म चीनको गोन्जाओमा आयोजना हुने ‘४७ औँ मिसेस युनिभर्स २०१९’ मा लामिछानेले नेपाल र संसारभरि छरिएका नेपालीको प्रतिनिधित्व गर्नेछिन् । बेलायत बस्दै आएकी बिनुले मिसेस नेपाल युके २०१८ को बिजेता बनेका कारण उक्त प्रतिस्पर्धामा सहभागी हुने मौका पाएकी हुन् । लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठले मिसेस नेपाल युकेको आयोजना गर्दै आएकी छन् ।

नेपाल र विदेशमा रहेका नेपालीको तर्फबाट यसपटक बिनुले चीनमा प्रतिनिधित्व गर्ने मिसेस युनिभर्सको नेसनल डिरेक्टर मनिषाले बताइन् । प्रतियोगिताको तयारीका लागि बिनुलाई केही समयदेखि कोरियोग्राफर रोजिन शाक्यले ग्रुमिङ, प्रिजेन्टेसन, पर्सनालिटी लगायतको प्रशिक्षण दिइरहेका छन् । मिसेस युनिभर्स २०१९ को लागि आफूले अहिले सम्पूर्ण तयारी गरिरहेको बिनुले सञ्चारकर्मीलाई बताइन् ।

बेलायतमा डेन्टल सर्जरी प्राक्टिस म्यानेजरको रूपमा कार्यरत् बिनु नेप्लिज नर्सिङ एसोसिएसन युकेकी कोषाध्यक्ष समेत हुन् । लामो समयदेखि बेलायतमा रहेका विभिन्न संघ संस्थासँग जोडिएर सामाजिक सेवा गर्दै आएकी बिनु नेपालबाहिर रहेका नेपाली र नेपालको प्रतिनिधित्व गर्दै यसपटक मिसेस युनिभर्समा जान पाउँदा खुसी लागेको बताइन् ।

उनले यसपटक मिसेस युनिभर्स २०१९ मा ९० देशका प्रतियोगी महिलाबीच नेपाल, नेपाली र आफ्नो देशको भाषा, कला संस्कृतिलाई चिनाउने जनाइन् । मिसेस युनिभर्समा सहभागी हुन पाउँदा निकै उत्साहित भएको र आउँदो आइतबार २२ डिसेम्बरमा मिसेस युनिभर्स २०१९ का लागि चीनतर्फ प्रस्थान गर्ने बिनुले बताइन् ।