१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा
अ अ+ अ-

तेहरान। संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय तनावका बीच क्षेत्रीय व्यापारिक पानीजहाज र नागरिक पूर्वाधारमा इरानले गरेको आक्रमणको शनिबार पनि निन्दा गरेका छन् ।

इरानको खातम अल–अनबिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम जोल्फाघारीले संयुक्त अरब इमिरेट्स (युएई)को रस अल–खैमाहमा आक्रमण हुन सक्ने चेतावनी दिएपछि युएईसहितका २२ मुलुकले इरानी चेतावनीप्रति चासो देखाएका हुन् ।

“हामीले पहिले घोषणा गरेका थियौँ र व्यवहारमा प्रमाणित गरेका थियौँ, हामी हाम्रो क्षेत्र र राष्ट्रिय सार्वभौमिकतामाथि कुनै पनि आक्रमण भएमा प्रत्याक्रमण गर्नेछौँ,“ जोल्फाघारीले भन्नुभयो ।

रस अल खैमाह एक औद्योगिक बन्दरगाह शहर हो र संयुक्त अरब अमीरातको रस अल–खैमाहको सबैभन्दा ठूलो शहर र राजधानी पनि हो।

उहाँले भन्नुभयो, “हामी युएईलाई चेतावनी दिन्छौं कि यदि इरानको अबु मुसा टापु र फारसको खाडीमा रहेको ग्रेटर टुन्बमाथि बारम्बार आक्रमण भयो भने इरानको शक्तिशाली सेनाले रस अल–खैमाहलाई कडा प्रहार गर्नेछ ।

संयुक्त अरब इमिरेट्स, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, जापान, क्यानडा, गणतन्त्र कोरिया, न्यूजिल्याण्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्वीडेन, फिनल्यान्ड, चेकिया, रोमानिया, बहराइन, लिथुआनिया र अस्ट्रेलियाले यस घटनाप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।

‘स्ट्रेट अफ हर्मुज’ को ‘वास्तविक बन्द’ लगायत हालैका घटनाक्रमले विश्वव्यापी व्यापार र ऊर्जा सुरक्षामा गम्भीर जोखिम निम्त्याएको वक्तव्यमा चेतावनी दिइएको छ ।

वक्तव्यमा भनिएको छ, “हामी इरानलाई आफ्नो धम्की दिने, बारुदी सुरुङ ओछ्याउने ड्रोन र क्षेप्यास्त्र आक्रमण र स्ट्रेट अफ हर्मुज रोक्ने अन्य प्रयासहरू तत्काल रोक्न आग्रह गर्दछौँ।”

यसैबीच, युएईको रक्षा मन्त्रालयले भनेको छ कि उसको हवाई प्रतिरक्षा प्रणालीले शनिबार इरानबाट आफ्नो देशतर्फ प्रक्षेपण गरिएका तीन ब्यालेस्टिक मिसाइल र आठ ड्रोनलाई रोकेको छ।

आक्रमण सुरु भएयता युएईको हवाई प्रतिरक्षाले ३४१ ब्यालेस्टिक मिसाइल, १५ वटा क्रुज क्षेप्यास्त्र र एक हजार ७४८ ड्रोन प्रयोग गरिसकेको मन्त्रालयले जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त रूपमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित वरिष्ठ सैन्य कमान्डर र सर्वसाधारणको मृत्यु भएको थियो भने कैयौँ भौतिक संरचनामा क्षति पुगेको थियो ।

बदलामा इरानले मध्यपूर्वमा इजरायल र अमेरिकी सैन्य आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलाहरू सुरु गरेको थियो । यो युद्धले इरानलगायतको मध्यपूर्वलाई तहस नहस बनाएको छ । (रासस/एएफपी)