९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ऊर्जा सङ्कटबीच बङ्गलादेशद्वारा दुई अर्ब डलर ऋण लिने पहल

ऊर्जा सङ्कटबीच बङ्गलादेशद्वारा दुई अर्ब डलर ऋण लिने पहल
अ अ+ अ-

ढाका। मध्यपूर्व युद्धका कारण विश्वव्यापी इन्धनको मूल्यमा भएको वृद्धिको बीचमा ऊर्जा सुरक्षा चिन्ताहरूको सामना गर्न बङ्गलादेशले बहुपक्षीय निकायहरूबाट करिब दुई अर्ब डलर ऋण सुरक्षित गर्न जोड दिइरहेको छ।

सरकारले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाइसकेको छ, यसका लागि अधिकांश मल कारखानाहरूमा तत्कालका लागि उत्पादन अस्थायीरूपमा रोक्ने बताएको छ।

प्रधानमन्त्रीका वित्त तथा योजना सल्लाहकार रशेद अल तितुमिरले दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकारले अब त्रिकोणिय दृष्टिकोण अपनाएको बताउनुभएको छ।

“यसको एक भाग ऋण सुरक्षित गर्नु हो,” टितुमिरले एएफपीसँग भन्नुभयो ।

“अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले १.३ अर्ब डलर र एसियाली विकास बैङ्क (एडिबी) ले ५० करोड डलर बजेट सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ,” अल तितुमिरले भन्नुभयो ।
सरकारले विश्व बैङ्कसँग पनि सम्पर्क गर्न सक्छ ।

“हामी विदेशी मुद्रा भण्डारलाई अक्षुण्ण राख्न चाहन्छौँ, हामीसँग ऋण लिनु बाहेक सीमित विकल्पहरू छन्,” उहाँले भन्नुभयो ।

सरकारले उत्तर अमेरिका, दक्षिण अमेरिका वा अफ्रिकाबाट ऊर्जा प्राप्त गर्ने विकल्पको खोजी गरिरहेको छ ।

“हामी वैकल्पिक ऊर्जा स्रोतहरूको लागि सबै उपलब्ध विकल्पहरूको खोजी गर्दैछौँ,” अल तितुमिरले भन्नुभयो ।

आफ्नो तेल र ग्यासको ९५ प्रतिशत आयात गर्ने बङ्गलादेशले विश्वव्यापी वृद्धिका बाबजुद बिजुली र इन्धनको मूल्य बढाएको छैन।

अधिकांश कच्चा इन्धन साउदी अरब र संयुक्त अरब इमिरेट्सबाट आयात गरिन्छ भने करिब ३५ प्रतिशत ग्यास आपूर्ति मध्यपूर्वबाट पनि हुन्छ ।

कतारको रास लाफान एलएनजी हबमा भएको ग्यास उत्पादनस्थलमा भएको आक्रमणले ग्यास आपूर्तिमा अवरोध पुर्याउन सक्छ, किनकि बङ्गलादेशको इन्धन सुविधामा कताररको निर्भरता छ।

मध्यपूर्व युद्ध सुरु भएदेखि अधिकारीहरूले इन्धन खपत नियन्त्रण गर्न धेरै उपायहरू अपनाएका छन्।

यसमा इन्धन खरिदमा सीमा तोक्ने, धेरै जसो मल कारखानाहरूमा उत्पादन रोक्ने, ‘फिलिङ स्टेशन’हरूमा गस्ती गर्न पुलिस तैनाथ गर्ने, र एलएनजी ढुवानीहरू सुरक्षित आपूर्तिका लागि नौसेना प्रयोग गर्ने समावेश छ।   (रासस/एएफपी)