१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा



अ+ अ-

कालीकोट ।  जिल्ला अस्पताल कालीकोटमा विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको छ ।

विगत लामो समयदेखि जिल्ला अस्पताल कालीकोटबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुनः सञ्चालनमा आएको हो ।

विगतका दिनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हरेक महिनाको पहिलो हप्ता र अन्तिम हप्ताको शुक्रबार जिल्ला अस्पताल कालीकोटबाट विशेषज्ञ चिकित्सा सेवा दिँदै आएको थियो ।

विगतमा लामो समयदेखि अवरुद्ध रहेको विशेषज्ञ चिकित्सा सेवा चैत ६ गते शुक्रबारदेखि सेवा पुनः सञ्चालन भएसँगै स्थानीय नागरिकले जिल्लामै विशेषज्ञ उपचार सेवा पाउने भएको जिल्ला अस्पताल कालीकोटका सूचना अधिकारी कटक महतले बताउनुभयो ।

सेवा विस्तारसँगै स्थानीय बासिन्दालाई बाहिरी जिल्लामा धाउनुपर्ने बाध्यता घट्ने र गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको सूचना अधिकारी महतले जानकारी दिनुभयो । रासस