९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छः पूर्वपरराष्ट्रमन्त्री कोइराला

नेपालले छिमेकीसँगको सम्बन्ध सुमधुर राख्नुपर्छः पूर्वपरराष्ट्रमन्त्री कोइराला
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर राख्नुपर्नेमा जोड दिनुभएको छ ।

शान्ति नायक गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा जिपी कोइराला फाउण्डेशन भक्तपुरले आज आयोजना गरेको माल्यार्पण कार्यक्रममा उहाँले सन्तुलित परराष्ट्र नीति नेपालले अवलम्बन गर्नुपर्ने बताउनुभएको हो ।

“छिमेकी मुलुकसँग राम्रो सम्बन्ध राख्यो भने मुलुकमा अस्थिरता आउँदैन, मुलुक बचाउनका लागि अस्थिरता समाप्त पार्नुपर्छ, अरु मुलुकसँग पनि समान व्यवहार गर्नुपर्छ, कसैको पक्ष र कसैको विपक्षमा हामी लाग्नुहुँदैन,” उहाँले भन्नुभयो । नेपालले पञ्चशीलको सिद्धान्तलाई टेकेर अगाडि बढ्नुपर्ने नेत्री कोइरालाको भनाइ थियो ।

नेत्री कोइरालाले सहमति, सहकार्य र एकतामार्फत सबै दललाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “आफ्नो पार्टीका सयौँ कार्यकर्ता माओवादीबाट मारिँदा र आफ्नो पार्टीले निर्वाचनमा हार्ने निश्चित हुँदापनि देश जोगाउनका लागि तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाबाबुले खेलेको भूमिका अहम रहेको थियो,” नेत्री कोइरालाले भन्नुभयो, “गिरिजाबाबु नभएको भए माओवादी शान्ति प्रक्रियामा नआउने उहाँको जिकिर थियो ।”

उहाँले राष्ट्रप्रति जिम्मेवार पार्टी नेपाली कांग्रेस भएकाले कांग्रेसलाई एकतावद्ध बनाएर अगाडि बढाउनु जरुरी रहेको बताउनुभयो । कांग्रेस अहिलेपनि मुलुकमा बलियो शक्ति भएकाले निर्वाचन हार्देमा आत्तिनुपर्ने अवस्था नभएको नेत्री कोइरालाले बताउनुभयो ।

“कुनैपनि समस्याको समाधान कांग्रेसले गर्छ, विगतमा भएको गल्ती कमी कमजोरी महसुस गरेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले मुलुकको विकासका लागि अग्रज नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाले गरेको योगदानलाई सम्झनुपर्ने बताउनुभयो ।

उहाँले भोलिको नेपाल भनेको युवाहरुको भएकाले पार्टीका हरेक निकायमा युवा प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । युवाहरुले इतिहासबाट पाठ सिकेर भविष्य निर्माणमा लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, कांग्रेस नेता एवम् पूर्वसांसद सुनिल शर्मालगायतले नेपालको लोकतान्त्रिक आन्दोलनमा गिरिजाबाबुले खेलेको योगदानको चर्चा गर्नुभएको थियो । रासस