१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपाङ्गता भएका व्यक्तिहरूलाई बीउ पुँजी वितरण



अ+ अ-

तनहुँ। बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी वितरण गरिएको छ ।

समुदायमा आधारित पुनःस्थापना कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको आर्थिक सशक्तीकरणका लागि बीउ पुँजी वितरण गरिएको हो ।

गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख कविता पौडेलले पालिकाका छवटै वडाबाट एक÷एक जना गरी छ जना लाभग्राहीलाई प्रतिव्यक्ति नगद रु १० हजारका दरले बीउ पुँजी प्रदान गरिएको जानकारी दिनुभयो ।

बीउ पुँजी प्राप्त गर्ने लाभग्राहीहरूमा बन्दीपुर गाउँपालिका–१ का अभिषेक खड्का, २ का डेबु कार्की, ३ का पहलसिंह नेपाली, ४ का हिराबहादुर थापा, ५ का प्रेमबहादुर गुरुङ र ६ का सविना थापा रहनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बीउ पुँजी सानो भए पनि आयआर्जनमूलक कार्य सुरु गर्न प्रोत्साहनका लागि सहयोग गरिएको बताउनुभयो । रासस