९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो
अ अ+ अ-

नवलपरासी।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापानिज इन्सेफलाइटिस (जेई)विरुद्ध सञ्चालन गरिएको विशेष खोप अभियान उल्लेखनीय प्रगति गर्दै लक्ष्य नजिक पुगेको छ ।

जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा अधिकांश लक्षित नागरिकले खोप सेवा लिइसकेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रमुख केशव चापागाईँका अनुसार चैत ६ गतेसम्म लक्षित जनसङ्ख्याको ६९ दशमलव एक प्रतिशतले खोप सेवा लिइसकेका छन् । अभियानअन्तर्गत हालसम्म एक लाख तीन हजार ७५२ जनाले खोप लगाएका छन् । जसमध्ये ४२ हजार ८४१ पुरुष र ६० हजार ९११ महिला रहेका छन् ।

“छोटो अवधिमा नै उल्लेखनीय उपलब्धि हासिल भएको छ,” उहाँले भन्नुभयो, “अभियान लक्ष्यअनुसार सफलतापूर्वक अघि बढिरहेको छ ।” जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा निरन्तर सञ्चालन भइरहेको छ । “विशेषगरी बौदिकाली गाउँपालिका र बुलिङटार गाउँपालिकामा खोपको प्रगति अत्यन्त राम्रो देखिएको छ”, उहाँले भन्नुभयो, “बौदिकालीमा ९५ दशमलव एक प्रतिशत र बुलिङटारमा ८७ प्रतिशत प्रगति भएको छ ।”

जिल्लामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण दर पछिल्ला वर्षहरूमा बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्षित गरी चैत १ गतेदेखि खोप अभियान सञ्चालन गरिएको हो । अभियानमार्फत करिब एक लाख ५० हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

“लक्षित उमेर समूहका सबै नागरिकलाई खोप सेवा लिन आग्रह गरिएको थियो”, प्रमुख चापागाईँले भन्नुभयो, “खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भएकाले लक्ष्य नजिक पुग्न सफल भएका छौँ ।”

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा चालु आवमा मात्र जापानिज इन्सेफलाइटिसका १५ जना सङ्क्रमित फेला परेका छन्, जसमध्ये छ जनाको मृत्यु भइसकेको छ । रोगको जोखिम नियन्त्रणका लागि खोप अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिएको जनाइएको छ । रासस