९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उपराष्ट्रपतिद्वारा  ‘ईद उल फित्र’ पर्वको शुभकामना

उपराष्ट्रपतिद्वारा  ‘ईद उल फित्र’ पर्वको शुभकामना
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा ‘सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गरोस्’  भनी कामना गर्नु भएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ‘ईद उल फित्र’ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “यस पर्वले हाम्रो राष्ट्रिय जीवनमा एकता, सद्भाव र सहअस्तित्वको सुगन्ध फैलाउँदै सबै नेपालीलाई साझा यात्रामा अघि बढ्न प्रेरित गरोस् भन्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना छ ।”

ईद–उल–फित्रले हाम्रो राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धतालाई अझ सबल बनाउने अवसर प्रदान गर्ने उल्लेख गर्दै  उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन, सामाजिक न्याय र समान अवसरलाई सुनिश्चित गर्न, राष्ट्रिय अखण्डता र पहिचानलाई बलियो बनाउन, विविधता र सहअस्तित्वलाई स्थायी शान्ति र समृद्धिको आधार बनाउन यस पर्वले हामी सबैलाई सहयोग पुग्ने विश्वास उहाँले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो । यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँदछ । रासस