९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा पन्तलाई

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा पन्तलाई
अ अ+ अ-

वीरगञ्ज। विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तलाई अर्पण गरिएको छ ।

नेपालको आँखा उपचार सेवाको विकास र अन्धोपन निवारणमा अतुलनीय योगदान पु¥याए वापत प्रदान गरिएको सो पुरस्कारको राशि रु दुईलाख ५१ हजार १११ सहित सम्मानपत्र रहेको छ ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित केडिया आँखा अस्पतालको ५१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा नेत्र विशेषज्ञ डा पन्तलाई सो पुरस्कार अर्पण गरिएको हो ।

नेपालको दोस्रो तथा उपत्यकाबाहिरको पहिलो केडिया आँखा अस्पतालको स्थापना विसं २०३१ साल फागुन १२ गते भएको थियो । अस्पतालले हालसम्म २८ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण तथा ४ लाखभन्दा बढी शल्यक्रिया सम्पन्न गरिसकेको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै पछिल्लो एक वर्षमा मात्र अस्पतालले १ लाख ३७ हजारभन्दा बढी बिरामीको परीक्षण तथा करिब १७ हजार शल्यक्रिया गर्न सफल भएको छ ।

सो समारोहमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ का मल्टिपल काउन्सिलका अध्यक्ष मिलन थापाले आगामी दिनमा अस्पतालद्वारा प्रदान गरिदै आएको गुणस्तरीय र सर्वसुलभ आँखा उपचार सेवालाई अझ बिस्तार गरिने जानकरी दिनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार केडियाले आगामी दिनमा आधुनिक प्रविधियुक्त नयाँ अस्पताल भवन निर्माण तथा सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालले ISO ९००१ः२०१५ र ISO ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरिसकेकोे छ । ”
अस्पतालले सोही अवसरमा बारा तथा पर्सा जिल्लाका सशस्त्र प्रहरी बलको ‘बोर्डर आउटपोस्टहरू’का लागि २८ ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको थियो भने दृष्टिविहीन विद्यालयलाई थप ३ ‘स्ट्रेचर’ प्रदान गरिएको थियो । साथै, केडिया छात्रवृत्ति कार्यक्रमअन्तर्गत दृष्टिविहीन तथा श्रवण क्षमता कम भएका छ विद्यार्थीलाई जनही रु. ११ हजार का दरले छात्रवृत्ति वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघले स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म २८ वटा आँखा अस्पताल तथा २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिकसहित विभिन्न देशका गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ । यस अवधिमा ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया सम्पन्न भइसकेको संघले जनाएको छ ।  रासस