१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौमती बाजामा महिलाको आकर्षण



अ+ अ-

काठमाडौँ । महिलाले बाजा बजाउन हुन्न भन्ने परम्परागत धारणालाई अन्त्य गर्न महिलाको एउटा समूहले नौमती बाजामार्फत समाजमा सशक्तीकरण र सचेतनाको अभियानलाई गति दिएका छन् ।

उनीहरुले परम्परागत पञ्चैबाजाको संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनका अभियानमार्फत अघि बढेका हुन् । नौमती बाजा पञ्चेबाजाको ठूलो रुप हो । यसमा अन्य चार थान सहनाइ र दमाहा थपिएका हुन्छन् । पञ्चेबाजामा दमाह, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ रहेका छन् ।

नौजना बाध्यबादक लोक कलाकारले सुर र ताल मिलाएर एकै पटक बजाइने भएकाले यो बाध्य समूहलाई नौमतीबाजा भनिएको हो । नौमती बाजा समूहकी अध्यक्ष जानुका पौडेलले सांस्कृतिक क्षेत्रमा महिलाको सहभागिता र लोपोन्मुख बाजाको जगेर्ना गर्न अभियान सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

नौमती बाजा समूहले २०७० सालबाट महिलालाई तालीम दिन थालेको छ । नौमती बाजा नेपाली धार्मिक, एवं सांस्कृतिक सम्पदाको रुपमा विवाह, व्रतबन्ध, विदेशी पाहुनाको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा बजाइने गरिन्छ ।