१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण
?????????? ?????? – ?????? ???????, ? ???? ?????????? ???????? ?????? ???????? ?????????????? ?????? ???? ???????? ?? ??? ??????? ????????? ? ?? ??? ??–??????? ??????? ?????? ????? ?????????? ??????????? ?????? ?????? ??????? ??????? ?????????? ?????÷????
अ अ+ अ-

काठमाडौँ। सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज विभिन्न मन्त्रीहरूको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईं, परराष्ट्रमन्त्री बालानन्द शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले संयुक्त रूपमा विभिन्न प्रजातिका बिरुवाहरू रोप्नुभएको हो ।

वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले तीव्र सहरीकरणका कारण हरियाली क्षेत्र घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारी निकायहरूले हरित पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

“संसद् भवन जस्तो महत्त्वपूर्ण संरचना वरपर हरियाली कायम गर्नु केवल सौन्दर्यको विषय मात्र नभई वातावरणीय सन्तुलन कायम गर्ने दीर्घकालीन रणनीति हो”, उहाँले भन्नुभयो ।

आज संसद् भवन परिसरमा रुद्राक्ष, कपुर, धुपी र समीका बिरुवाहरू रोपिएको वन तथा भू–संरक्षण विभागका वन व्यवस्थापन महाशाखाका उपमहानिर्देशक धनञ्जय लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार यी बिरुवाहरू वातावरणीय हिसाबले उपयोगी हुनुका साथै धार्मिक र सांस्कृतिक महत्वसमेत बोकेका छन् ।

उक्त वृक्षारोपण कार्यक्रमले निर्माणाधीन संसद भवन परिसरलाई हराभरा र वातावरणमैत्री बनाउने लक्ष्य लिएको तथा यसले नागरिकहरूमा वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको उपमहानिर्देशक लामिछानेको भनाइ छ । रासस