९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

देशको सामाजिक–आर्थिक विकासमा गैरआवासीय नेपालीले योगदान पुर्‍याउनुपर्छ : मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपालीलाई देशको सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याउन आग्रह गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित टोलीसँगको भेटमा उहाँले एनआरएनएका पहलमा मन्त्रालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संसद्का नव निर्वाचित सदस्यहरूसँग समन्वय गर्न सुझाव दिँदै उहाँले आगामी सरकार यसप्रति सकारात्मक रहनेमा विश्वास प्रकट गर्नुभयो ।

मन्त्री शर्माले उक्त टोलीलाई बधाई दिँदै सङ्घ एकताबद्ध रहँदै १२औँ अन्तरराष्ट्रिय महासभा तथा विश्व सम्मेलन २०८२ सफलतापूर्वक सम्पन्न गरेकामा खुसी व्यक्त गर्नुभयो ।

परराष्ट्र सचिव अमृतबहादुर राईले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । एनआरएनए सरकारको विश्वासिलो साझेदार रहेकाले आगामी दिनमा सहकार्य गर्ने बताउँदै उहाँले नेपाली डायस्पोरा विश्वभर विस्तार हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकताको मुद्दा छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा सङ्घ र सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनेमा जोड दिनुभयो । उहाँले सङ्घभित्र एकता कायम गर्न सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।  रासस