१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न



अ+ अ-

काठमाडौँ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘हार्मोनी अफ ड्रम्स : जापानिज–नेवारी सांस्कृतिक सङ्गीत फ्युजन २०२६’ सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र जापानको वल्र्ड यू एकेडेमी (हिरोज क्लब) को संयुक्त आयोजनामा बोर्डको सभाहलमा सो सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको हो । दुई देशबीचको दीर्घकालीन मित्रता, सांस्कृतिक आदान–प्रदान र आपसी सम्मानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको सो कार्यक्रमले साङ्गीतिक प्रस्तुतीमार्फत कूटनीतिको प्रभावकारी सन्देश प्रवाह गरेको बोर्डले जनाएको छ ।

कार्यक्रममा दुवै देशका कलाकार तथा सांस्कृतिक दूतले परम्परागत धुन र कलात्मक प्रस्तुती दिएका थिए । कार्यक्रममा हिरोज क्लबका कलाकारले ड्रममार्फत प्रस्तुति दिएका थिए । नेपाल सांस्कृतिक संस्थानका कलाकारले धिमे बाजा तथा नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

जापानी ड्रमिङ र नेवारी साङ्गीतिक धरोहरबीचको यो फ्युजनले सांस्कृतिक संवादको नयाँ आयाम सिर्जना गर्दै सद्भाव, एकतालाई थप सुदृढ बनाएको बोर्डका निमित्त निर्देशक सुनिल शर्माले बताउनुभयो । रासस