९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तीनै तहका सरकारको वित्तीय सूचक एकै ठाउँबाट हेर्न सकिने

तीनै तहका सरकारको वित्तीय सूचक एकै ठाउँबाट हेर्न सकिने
अ अ+ अ-

काठमाडौँ। ‘नेपाल फिस्कल ड्यासबोर्ड’मार्फत तीनै तहका सरकारको वित्तीय सूचक हेर्न सकिने भएको छ ।

विश्व बैंक नेपालले तयार गरेको उक्त ड्यासबोर्डमार्फत सङ्घ, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचक एकै ठाउँमा हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिने भएको हो ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज आयोजित कार्यक्रममा नेपाल विश्व बैंक समूहले सो विषयमा प्रस्तुतीकरण गरेको थियो । गत महिना सार्वजनिक भइसकेको ड्यासबोर्डबाट मुलुकको तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्याङ्क प्राप्त गर्न सकिने जनाइएको छ ।

यो ड्यासबोर्डमार्फत सङ्घ, प्रदेश र स्थानीय तह प्रत्येकको बजेट, राजस्व स्रोत र खर्च उपलब्ध हुने छ । ती सबै तथ्याङ्कलाई एउटै ‘प्लेटफर्म’मा ल्याएर ‘भिजुअलाइज’ र विश्लेषण गर्न मिल्ने बनाइएको हो । यो ड्यासबोर्ड एकीकृत प्रणालीको अन्तरक्रियात्मक र प्रयोगकर्तामैत्री रहेको बैंकले जनाएको छ ।

ड्यासबोर्डमा सन् २०१८ देखि २०२२ सम्मका ऐतिहासिक तथ्याङ्क समावेश गरिएको छ । नयाँ तथ्याङ्क अद्यावधिक गरिँदै लैजाने बैंकले जनाएको छ । स्रोतका रूपमा बजेट भाषण, महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गर्ने एकीकृत वित्तीय विवरण र नेपाल राष्ट्र बैंकलगायत सार्वजनिक निकायका तथ्याङ्क प्रयोग गरिएको छ ।

ड्यासबोर्ड प्रयोग गर्न कुनै अनुमति आवश्यक नपर्ने र जोकोहीले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने बताइएको छ । तर तथ्याङ्क सरकारी स्रोतबाट आएकाले स्रोत उल्लेख गर्नु उपयुक्त हुने जनाइएको छ ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले ड्यासबोर्डमा प्राप्त हुने तथ्याङ्क विश्लेषण गर्न सजिलो हुने भएकाले आर्थिक पत्रकारिताका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रयोगकर्ताहरूले नेपाली भाषामा उपलब्ध गराउनुपर्ने अन्य दक्षिण एसियाली देशसँग तुलना गर्ने सुविधा थप्नुपर्ने र नियमित अद्यावधिक गर्न सुझाव दिनुभयो ।  रासस