१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका थुनुवा पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका एक थुनुवालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ का ३० वर्षीय विकास रुम्बालाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निजलाई आज बालाजुबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका रुम्बालाई बाँकी कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको उहाँले जानकारी दिनुभयो । रासस