९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाशीश मल्ल

न्यायपालिकाको सुदृढीकरण आवश्यक : वरिष्ठ न्यायाशीश मल्ल
eQmk'/, ^ r}t M eQmk'/df cfhaf6 ;'? ePsf] g]kfn af/ Pzf]l;P;g sfg"g Joj;foL dlxnfx?sf] #@ cf}+ /fli6«o ;Dd]ngdf ;xeflu x'b}{ ;jf]{Rr cbfntsf] jl/i6 Gofoflw; ;kgf k|wfg dNn . tl;j/ M /d]z lu/L, /f;;
अ अ+ अ-

भक्तपुर। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकाको सुदृढीकरण आवश्यक रहेको बताउनुभएको छ ।

त्यसका लागि नेपाल बार एसोसियन, बार एकाइ, कानुन व्यवसायी महिला र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

आजदेखि यहाँ सुरु भएको नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ न्यायाधीश मल्लले न्यायपालिकाको सुदृढीकरणमा हातेमालो गर्दै अगाडि जानुपर्नेमा जोड दिनुभयो । उहाँले न्यायको क्षेत्रमा महिला अझै पछि परेको उल्लेख गर्नुभयो ।

महिलामाथि हुने मानसिक तथा शारीरिक हिंसाको अन्त्य आवश्यक रहेको बताउँदै उहाँले यसलाई रोक्न कडाइका साथ कानुन कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । महिलालाई कानुनका बारेमा जानकारी नहुँदा न्याय पाउन ढिलो हुने गरेको उल्लेख गर्दै उहाँले न्यायका लागि महिलालाई कानुनी चेतनाका अभियान अगाडि सार्नुपर्ने आँैल्याउनुभयो ।

कार्यक्रममा नेपाल बार एसोसिएसन, न्याय परिषद्का सदस्यहरू, विभिन्न जिल्ला अदालतका न्यायाधीशहरू, विशेष अदालत बार एसोसिएनका प्रतिनिधि, कानुन व्यवसायी महिलाका प्रतिनिधि एवं पदाधिकारीले महिलाको सहभागिता रहेको थियो ।

सहभागीले हिंसा अन्त्यका लागि सबैको हातेमालो आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा उत्कृष्ट महिला कानुन व्यवसायीलाई सम्मानसमेत गरिएको छ ।

शनिबारसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा ७७ वटै जिल्लाबाट ७०० प्रतिनिधिको सहभागिता रहेको र आज विभिन्न प्रतिवेदनमाथि छलफल गरी भोलि घोषणापत्र सार्वजनिक गरिने कार्यक्रमकी सभापति एवं अध्यक्ष सरस्वती श्रेष्ठले बताउनुभयो । रासस