९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै कामपा

प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्दै कामपा
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा प्राथमिक उपचारकर्ता तालिम सञ्चालन गर्ने भएको छ ।

कामपाले उक्त तालिम प्रदान गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौतासमेत गरिसकेको कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गर्ने उहाँले बताउनुभयो । दुर्घटना, चोटपटक, अचानक बिरामी अवस्थाजस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्याउनुअघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो ।

“आपत्कालीन अवस्थाका व्यक्तिको जीवनरक्षाका लागि यो अति जरुरी पर्छ । यसकारण प्राथमिकता दिएर तालिम सञ्चालन गर्न लागेका हौँ”, कार्यवाहक प्रमुख डङ्गोलले भन्नुभयो, “वडाको भौगोलिक अवस्था, तालिम लिने व्यक्तिको तत्परताजस्ता सूचकका आधारमा तालिम सञ्चालन गरिनेछ । एकपटक प्रदान गरिएको तालिमलाई दिगो बनाउन आवश्यकताका आधारमा थप योजना तर्जुमा हुनेछन् ।”

हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिम सञ्चालन गर्न वडामा रु एक लाख ६३ हजार ८५० को दरले खर्च हुने जनाइएको छ । रासस