९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह
अ अ+ अ-

काठमाडौं। काठमाडौँमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक जाम बढेको छ ।

वर्षाका कारण सवारी आवागमन प्रभावित हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कोटेश्वर क्षेत्रलगायत विभिन्न स्थानको निरीक्षण गर्दा वर्षाका कारण सवारी जाम बढेको छ ।

उहाँका अनुसार वर्षाका कारण सडकमा पानी जम्दा सवारी सञ्चालनमा थप समस्या देखिएको हो । यसले ट्राफिक ‘फ्लो’ अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेत भई सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो । सबैलाई हतार नगरी धैर्यताका साथ सवारी चलाउन र सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ ।

“सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, तर वर्षाका कारण सवारीसाधनको चाप बढेको छ”, प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयो, “ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्नुपर्छ । हतारको मनस्थितिले दुर्घटना हुनसक्छ ।” हुरीबतासका कारण सडक किनारमा रहेका रुख ढल्ने, बिजुली तथा टेलिफोनका तार चुँडिने, पोल लड्ने तथा घरका छाना उड्ने जोखिम पनि रहेको अवस्थामा सकेसम्म अनावश्यक यात्रा नगर्न र यात्रा गरिहाल्नुपरेमा सावधानी अपनाउन ट्राफिक प्रहरीको अनुरोध छ ।

यस्तै, वर्षाका समयमा दुर्घटनाको जोखिम बढ्नुका मुख्य कारणमा चालकको हतारो मनस्थिति, लेन मिच्ने प्रवृत्ति, ट्राफिक बत्ती तथा सङ्केतको उल्लङ्घन प्रमुख रहेको ट्राफिक प्रहरीले जनाएको छ । साथै, काठमाडौँका सडकमा रहेका खाल्डाखुल्डीमा पानी जम्दा दुर्घटनाको सम्भावना अझ बढ्ने बताइएको छ ।

माइतीघर, पुतलीसडक र तीनकुनेलगायत स्थानमा वर्षाका कारण सडकमा समेत पानी जमेको छ । रासस