९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अक्षरमा कलाः प्रतियोगिता र प्रदर्शनी सुरु

अक्षरमा कलाः प्रतियोगिता र प्रदर्शनी सुरु
अ अ+ अ-

काठमाडौँ। काठमाडौँमा आजदेखि ‘अक्षरमा कला प्रतियोगिता तथा प्रदर्शनी’ सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा नेपाल कमर्सियल आर्टिस्ट सङ्घको आयोजनामा आजदेखि सुरु भएको कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो ।

कुलपति हार्तम्छालीले अक्षरमा कला प्रदर्शनीले कलामा भावना र भावनामा बौद्धिकतासँगै पहिचान, पहल तथा पहुँच पनि आवश्यक रहेको बताउनुभयो । उहाँले सन्देश, सूचनालाई लिएर सृजना गरिने यस्ता कलालाई सौन्दर्यात्मक ढङ्गबाट कसरी प्रस्तुत गर्न सकिन्छ भन्नेमा सबैले ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य हरिप्रसाद भुसालले आफ्नो कर्मक्षेत्र कला भएको जनाउँदै यससम्बन्धी कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस क्षेत्रसम्बन्धी नीतिगत तहमा गर्न सकिने कार्यका लागि प्रतिष्ठानसँग सहकार्य गर्न तत्पर रहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले विविध क्षेत्रसँग जोडिएका सर्जकहरूलाई समेटेर आयोजना गरिएको यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रतिष्ठानले कलाका विविध विधासँग जोडिएका कलाकारहरूलाई समेट्दै ललितकलाको विकास तथा प्रवर्द्धनमा काम गरिरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, नेपाल कमर्सियल आर्टिस्ट सङ्घका कार्यवाहक अध्यक्ष सुवासकुमार शाक्य, उपाध्यक्ष राजेन्द्रप्रसाद सुवेदी, डम्बर तामाङ, शारदा मानन्धर, महासचिव सुवास केसीलगायतको सहभागिता थियो । प्रदर्शनीमा ४४ कलाकृति राखिएका छन् । प्रदर्शनी यही चैत ७ गते सम्पन्न हुनेछ ।  रासस