२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमान्दारिताको नमूना कार्य: नगदसहित भेट्टाएको झोला फिर्ता



अ+ अ-

बेनी । म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई नै हस्तान्तरण गरेका छन् । अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाले बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेर बिहीबार अपराह्न हराएका झोला फेला पारेका रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका झलक शर्र्माले सम्बन्धित व्यक्तिको खोजी गरी सो सामग्री हस्तान्तरण गरेका हुन् ।

बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीच सडकमा भेटिएको सो झोलामा रहेको रु ५० हजार २२५ नगद, ५९ हजार बराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएका थिए । बेनीमा मेघावान कन्ट्रक्सन व्यवसाय सञ्चालन गर्दै आएका शर्माले मोटरसाइकलमार्फत यात्रा गर्दा सडकमा झोला भेटिएको थियो ।

भेटिएको झोलामा नगद, चेक, मोबाइल र नागरिकतालगायतका महत्वपूर्ण कागजात देखेपछि सम्बन्धित व्यक्तिको खोजीमा लाग्नुभएका आचार्यले चेकको पछाडि लेखिएको मोबाइल नम्बरमार्फत सम्बन्धित मान्छे पत्ता लगाएका थिए । “शुरुमा चेक नम्बरमा रहेको मोबाइल नम्बरमा सम्पर्क गरेँ, फोन उठाउँदासम्म उहाँलाई आफ्नो सामान हराएको जानकारीसमेत रहेनछ, पछि तपाईको सामग्री हेर्नुहोस्भन्दा उहाँले झोला हराएको थाहा पाउनुभयो, उहाँले भनेका आफ्नो झोलामा रहेका सामान र भेटिएको झोलामा रहेका सामान मिलेपछि प्रहरी र जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरेको हुँ”, शर्माले भने ।

जीप चढेर बैसरीमा पुग्नुभएकी थापा आफ्नो सामान हराएर पनि कसैले फेला पारेको सूचना पाएसँगै सामान बुझ्नका लागि आँखाबाट आँशु खसाल्दै गलेश्वर फर्केका थिए । आफ्नो हराएको सामग्री फेला पारी उपलब्ध गराएकोमा उनले शर्मालाई धन्यवाद ज्ञापन गरे । हराएको सामग्री फेला पारेर आफैँले सम्बन्धित मान्छे खोजी गरी सामान फिर्ता गरेर शर्माले इमान्दारिताको नमूना कार्य गरेको भन्दै बनेपा–९ का वडाध्यक्ष बेलबहादुर चोखालले धन्यवाद ज्ञापन गरेका थिए ।