२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्वीचविरुद्ध आर्सनलको सानदार जित



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा आर्सनलले नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

नर्विचको मैदानमा भएको खेलमा आर्सनलका बुकायो साकाले छैटौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

खेलको ४४ औं मिनेटमा किरन टीएर्नेले गोल गर्दै आर्सनललाई २-० को स्थितीमा ल्याए ।

६७ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३-० को अवस्थामा ल्याए ।

यस्तै, खेलको ८४ औं मिनेटमा अलेक्जेन्डर लाकाजेटले पेनाल्टीमा गोल गर्दै आर्सनललाई ४(० ले अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा स्मिथ रोएले गोल गर्दै आर्सनललाई ५-० को जित दिलाए ।

जितसँगै आर्सनलले १९ खेलमा ३५ अंक जोडेको छ भने अंकतालिकाको चौंथो स्थानमा रहेको छ ।

यता, १८ खेल खेलेको नर्विच १० अंकसहित पुछारमा रहेको छ ।