हातहतियार खरखजाना तथा चोरी मद्दामा फरार दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले हातहतियार तथा खरखजाना मुद्दामा फरार सिरहा नगरपालिका २१ का २८ वर्षीय रामपृत पासवानलाई पक्राउ गरेको हो ।
सिरहा नगरपालिका–१२ लकडिगोठमा लुकीछिपी बसिरहेका बेला पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा फरार सिरहा नगरपालिका–२२ का २१ वर्षीय पप्पुकुमार यादवलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।