१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका होटल ब्यापारी सुर्खेतमा



अ+ अ-

सुर्खेत । आजदेखि शुरु हुने होटल व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशन लागि मुलुकभरका होटल व्यवसायी वीरेन्द्रनगरमा भेला भएका छन् ।

महाधिवेशनका लागि नेपालभरका ८० हजार होटलको प्रतिनिधित्व गर्दै सात वटै प्रदेशका व्यवसायी सुर्खेत आएका हुन् ।

महासङ्घले दुई दिने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गर्नुहुने कार्यक्रम छ । होटल व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष अमृत भुजेलले महाधिवेशनमा सातै प्रदेशबाट एक हजार ५०० भन्दा बढी होटल व्यवसायीको सहभागिता रहने बताउनुभयो । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

अध्यक्ष भुजेलले महाधिवेशन प्रतिनिधिलाई कर्णालीको अर्गानिक खानाको व्यवस्था मिलाइएको बताउनुभयो । “कर्णाली प्रदेश सरकारले अर्गानिक उत्पादनलाई जोड दिएको छ, यस्तो सकारात्मक अभियानको सार्थकताका लागि हामी निजी क्षेत्रको पनि सहयोग हुनुपर्छ”, उहाँले भन्नुभयो, “कोशेलीका रुपमा स्थानीय उत्पादनलाई नै प्रयोग गर्दैछौँ ।”
महासङ्घ सुर्खेतका पूर्वअध्यक्ष तर्कबहादुर शाहीले कर्णालीको पर्यटन प्रवद्र्धनमा महाधिवेशनले ठूलो टेवा पु¥याउने बताउनुभयो ।