९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वन क्षेत्रको समावेशीकरणसम्बन्धी रणनीतिक कार्यान्वयन योजना सार्वजनिक

वन क्षेत्रको समावेशीकरणसम्बन्धी रणनीतिक कार्यान्वयन योजना सार्वजनिक
अ अ+ अ-

काठमाडौँ। वन क्षेत्रमा सरकारी, सहकारी, सामुदायिक, निजी र विकास साझेदार संस्थामा काम गर्ने महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदायको प्रतिनिधित्व बढ्दै गएको भए पनि आन्तरिकीकरण तथा मूलप्रवाहीकरण हुन नसकेको पाइएको छ ।

वन तथा वातावरण क्षेत्रको लैङ्गिक समानता, अपाङ्गतामैत्री तथा सामाजिक समावेशीकरण रणनीतिक कार्यान्वयन योजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयले विद्यमान ऐन, नियम, संरचना, कार्यक्रमले मूलप्रवाहीकरण हुन नसकेको उल्लेख गरेको छ ।

वन, वातावरण जैविक विविधता र जलाधार क्षेत्रमा काम गर्ने सरकारी, सहकारी, सामुदायिक निजी र विकास साझेदार संस्थामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी खण्डीकृत तथ्याङ्कको सङ्कलन, विश्लेषण तथा व्यवस्थापन प्रणाली संस्थागत हुन नसकेको उल्लेख गरिएको छ ।

सो रणनीतिक योजनामा चुनौतीका रूपमा वन तथा वातावरण क्षेत्रमा काम गर्ने विभिन्न निकाय वा संस्थामा वार्षिक बजेट, कार्यक्रम, अवसरमा महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिको सक्रिय र सार्थक सहभागिताको पर्याप्त सुनिश्चितता हालसम्म हुन नसकेको उल्लेख छ । स्पष्ट रूपमा छुट्याइएको लैङ्गिक उत्तरदायी बजेट अपर्याप्त हुनुका साथै कार्यान्वयमा पारदर्शिताको अभावलाई चुनौतीका रूपमा स्पष्ट पारिएको छ ।

वन क्षेत्रबाट प्राप्त हुने आर्थिक लाभको बाँडफाँटमा महिला, सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरूको समतामूलक पहुँचमा कमी रहेको, पर्याप्त ज्ञान र तालिमको कमी, लैङ्गिक विषयवस्तुको ज्ञान एवं तालिमको अभाव रहेको छ । वन क्षेत्रसँग जोडिएका क्षेत्रमा २४सै घण्टा काम गर्नुपर्ने भएकाले लैङ्गिक हिंसा र यौनजन्य दुव्र्यवहारका दृष्टिकोणले चुनौतीपूर्ण रहेको कार्ययोजनामा भनिएको छ ।

यस्तै, कार्ययोजनामा चुनौतीका रूपमा पाँचवटा विषयलाई अगाडि सारिएको छ । त्यसमा नीतिगत एवं कानुनी, संरचनागत तथा संस्थागत चुनौती रहेको उल्लेख गरिएको छ ।

यस्तै, सामाजिक तथा सांस्कृतिक एवं आर्थिक स्रोतसाधनमा आधारित चुनौती पनि चित्रित गरिएको छ । अन्य चुनौतीका रूपमा जलवायु तथा वातावरणजन्य चुनौतीका रूपमा रहेको छ ।

कार्ययोजनामा समस्या र चुनौतीको समाधानका लागि केही नीतिगत सुधार तथा व्यवहारिक कार्यान्वयनमा जोड दिइएको छ । वन, जैविक विविधता, जलाधार र वातावरण क्षेत्रसँग सम्बन्धित तीनै तहका सरकारी निकाय, सहकारी, सामुदायिक, निजी क्षेत्र र विकास साझेदारले साझा रूपमा नीतिगत र संस्थागत प्रयास गर्नुपर्नेमा जोड दिइएको छ । रासस