१४ श्रावण २०८३, बिहीबार
,
Latest
‘सार्वजनिक ऋणका बारेमा संसद्ले निगरानी गर्नुपर्छ’ सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै



अ+ अ-

कर्णाली। यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी सहभागी उक्त परीक्षामा सहभागी हुन थालेको शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवं परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “परीक्षामा सबैभन्दा बढी विद्यार्थी सुर्खेतका नौ हजार ७७९ संलग्न हुनेछन् । सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेका छन्, जहाँ परीक्षा केन्द्रमात्र चार छन् ।” त्यस्तै दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिमबाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा प्रमुख ढकालले बताउनुभयो ।

उहाँका अनुसार जुम्लबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा भाग लिनेछन् ।

सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोटमा र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । रासस