१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

कोशी एक्सिलेन्स अवार्ड चैत ७ गते

कोशी एक्सिलेन्स अवार्ड चैत ७ गते
अ अ+ अ-

सुनसरी। कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले यही चैत ७ गते ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आयोजना हुने भएको छ । नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने कार्यक्रम दिउँसो ३ः०० बजेदेखि सुरु हुनेछ ।

आयोजक संस्थाका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीका अनुसार यस वर्षको अवार्ड समारोहमा १६ विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।

कृषि, बैंकिङ तथा वित्तीय सेवा, व्यावसायिक नेतृत्व, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, सामाजिक काम, खेलकुद, नवप्रवर्तन, प्रविधि, पर्यटन तथा आतिथ्य, अटोमोबाइल, सङ्गीत तथा पुँजीबजारलगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिनेछ ।

कार्यक्रममा करिब ५०० भन्दाबढी सहभागी उपस्थित हुने अपेक्षा गरिएको छ । कार्यक्रममा विभिन्न सङ्घसंस्थामार्फत विशेष योगदान पु¥याएका कोशी प्रदेशका व्यक्ति तथा संस्थालाई विशेष सम्मान गरिने जनाइएको छ ।

फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले कार्यक्रमको झण्डै ८० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न सरकारी तथा निजी संस्थासँग सहकार्य गर्दै कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन काम भइरहेको छ । रासस