१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु
अ अ+ अ-

लुम्बिनी। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा बढ्दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताउनुभएको छ ।

शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु तेस्रो अन्तरराष्ट्रिय लुम्बिनी शान्ति महोत्सवमा उहाँले विश्व शान्तिका लागि लुम्बिनीले पुनःएकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।

महोत्सव नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासको संयुक्त आयोजनामा सुरु भएको हो । “आजको अशान्त विश्वमा भगवान् बुद्धको करुणा र अहिंसाको सन्देश पुनर्जीवित गर्नु अपरिहार्य छ”, मन्त्री सिन्हाले भन्नुभयो, “नेपाल आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा आफ्नो पहिचानलाई अझ सुदृढ बनाउँदै विश्व समुदायसँग सहकार्य गर्न चाहन्छ ।”

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले वर्तमान अन्तरराष्ट्रिय परिवेश झन् जटिल र अस्थिर बन्दै गइरहेको सन्दर्भमा शान्ति हरेक मानवको आधारभूत आवश्यकता बनेको उल्लेख गर्नुभयो । उहाँले चीन शान्तिपूर्ण विकासको मार्गमा अघि बढ्दै विश्वका शान्तिप्रेमी राष्ट्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल–चीनबीचको सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई उल्लेख गर्दै उनले लुम्बिनीले विश्व शान्तिको प्रतीकका रूपमा स्थापित भइसकेको धारणा राख्नुभयो । “महोत्सवले दुई देशबीचको ऐतिहासिक मित्रता र बौद्ध सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले लुम्बिनी सम्पूर्ण मानव सभ्यताको साझा धरोहर भएको उल्लेख गर्दै शान्ति, सहअस्तित्व र मानवताको सन्देशलाई खेलकुदमार्फत विश्वमञ्चमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय शान्ति म्याराथनसहित विभिन्न खेलकुद गतिविधिहरूले शान्ति र विकासको सशक्त माध्यमका रूपमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बुद्धको शिक्षालाई केबल विश्वास नभई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले ध्यान र साधनाबाट मात्र वास्तविक शान्ति प्राप्त गर्न सकिने उल्लेख गर्दै लुम्बिनी सम्पूर्ण मानव समुदायका लागि खुला आध्यात्मिक केन्द्र भएको बताउनुभयो ।

महोत्सवअन्तर्गत शुक्रबार मायादेवी मन्दिर परिसरमा विशेष ध्यान (मेडिटेशन) कार्यक्रम आयोजना गरिनेछ भने शनिबार अन्तरराष्ट्रिय शान्ति म्याराथन सञ्चालन हुनेछ । यससँगै सांस्कृतिक प्रस्तुति, आध्यात्मिक प्रवचन तथा अन्तरक्रियात्मक कार्यक्रम पनि समावेश गरिएको छ ।

लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, नेपाल पर्यटन बोर्डलगायत विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजना गरिएको महोत्सवले लुम्बिनीलाई विश्व शान्ति र आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताउनुभयो ।
–––