९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

ज्योतिष सेवामा एकरुपता ल्याउनुपर्छ : सचिव निरौला

ज्योतिष सेवामा एकरुपता ल्याउनुपर्छ : सचिव निरौला
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले ज्योतिष सेवामा एकरुपता ल्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको आयोजना तथा नेपाल ज्योतिष परिषद्, विश्व ज्योतिष महासङ्घ, दक्षिण एसियाली ज्योतिष महासङ्घ र राष्ट्रिय ज्योतिष महिला सङ्घको आयोजनामा आज आयोजित ज्योतिष दिवस समारोहमा सचिव निरौलाले ज्योतिष शास्त्रमा ठूलो चुनौती रहेकाले यसको निरुपणका लागि यससँग सम्बन्धित सबै सङ्घसंस्था लाग्नुपर्ने उल्लेख गर्नुभयो । ज्योतिषको नाममा हुने ठगी नियन्त्रण गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल ज्योतिष परिषद्का अध्यक्ष केशवप्रसाद धितालले ज्योतिष परिषद्ले मनाउँदै आएको ज्योतिष दिवसलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अपनत्व लिएको भन्दै धन्यवाद दिनुभयो । नेपाल ज्योतिष परिषद्ले आज देशभर ज्योतिष दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको उहाँले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वकार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले धर्म, संस्कार, संस्कृति, परम्पराको रक्षा हुने गरी पञ्चाङ्ग निर्माण हुनुपर्ने बताउनुभयो । पञ्चाङ्गको अस्तित्व मेटाउने प्रयास भइरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष खिलनाथ काफ्ले, विश्व ज्योतिष महासङ्घका सभापति देवराज गौतम, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईलगायतले ज्योतिषहरुमाथि विभिन्न समयमा लाग्ने गरेको आरोप मेटाउन यस्ता समारोहबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालमा २०८० सालदेखि ज्योतिष दिवस समारोहका रुपमा मनाउन सुरु गरिएको हो । रासस