२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालो वडा अभियान



अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालित छ । सडकलगायत सबै सार्वजनिकस्थलमा बिजुली बाल्ने वडाको योजना छ । हालसम्म २०० सडकबत्ती जडान गरिएका वडाध्यक्ष खिमराज सापकोटाले बताउनुभयो ।

गत आवमा सडकबत्तीका लागि वडाले रु एक लाख बजेट छुट्याएको थियो । चालू आवमा पनि रु एक लाख बजेट छ । “वडाभित्रका सबै सडकलाई उज्यालो बनाउँदैछौँ”, वडाध्यक्ष सापकोटाले भन्नुभयो, “टोल र सार्वजनिकस्थलमासमेत बत्ती पुग्छ ।”

1877486a

टोल–टोलमा मिटरबक्स जडान गरी स्थानीयवासीले नै महसुल तिर्ने व्यवस्था मिलाइएको छ । यो वर्ष थप १०० सडकबत्ती जडान गरिने वडाले जनाएको छ । भिरलाङ्खुरीलगायत केही टोलका सडकमा बत्ती जोड्न बाँकी छ । वडाले खम्बा र बत्तीको जडान खर्च व्यहोर्दै आएको छ । उज्यालो वडा अभियानमा जनसहभागिता जुटाइएको छ । बत्ती खरीद र महसुल टोलीवासीले नै तिर्छन् ।

सडकमा चौबिसै घण्टा उज्यालो हुँदा दुर्घटनादेखि गलत क्रियाकलाप न्यूनीकरणमासमेत टेवा पुग्ने विश्वास लिइएको छ । वडाभित्रै पर्ने धार्मिक पर्यटकीय गन्तव्यस्थल पञ्चकोट आउजाउ गर्ने भक्तजन, पर्यटकलाई पनि उज्यालो वडा अभियानले लाभ पुर्याउनेछ ।