१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देवानगञ्ज घटनामा सरकार र मृतकका परिवारबीच ७ बुँदे सहमति देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५ ‘सार्वजनिक ऋणका बारेमा संसद्ले निगरानी गर्नुपर्छ’ सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभामा ९६ महिलाको प्रवेशः निर्वाचन आयोग



अ+ अ-

काठमाडौँ। नयाँ प्रतिनिधि सभामा महिलाको प्रतिनिधित्व ३५ प्रतिशत पुगेको छ ।

जसले नेपाली संसदलाई दक्षिण एशियाकै उत्कृष्ट समावेशी नमूनाका रूपमा प्रश्तुत गरेको हो । निर्वाचन आायेगका प्रवक्ता नारायणप्रसा भट्टराईकाअनुसार २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा यसपटक ९६ जना महिला सदस्यहरूले प्रवेश पाएका छन् ।

यो संख्या नेपालको संसदीय इतिहासमा एक महत्वपूर्ण उपलब्धि हो ।कुल सदस्य संख्याको करिव ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुले संवैधानिक व्यवस्थाको सफल कार्यान्वयनलाई झल्काएको बताउनु भयो ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ ७ वटा राजनीतिक दलका १ सय ६४ जना र १ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १ सय ६५ जना निर्वाचित भएका उहाँले बताउनु भयो ।

त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ ७ वटा राजनीतिक दलका १ सय १० जना सदस्यहरू निर्वाचित भएका छन् । यसरी नयाँ संसदमा विभिन्न विचारधारा बोकेका दलहरूको सन्तुलित उपस्थिति देखिएको प्रवक्ता भट्टराईको भनाइ छ ।

आयोगकाअनुसार समावेशी क्लस्टरमा नयाँ संसदमा खस आर्य समूहको प्रतिनिधित्व सबैभन्दा बढी ४९.०९ प्रतिशत रहेको छ । त्यसपछि आदिवासी जनजाति समूहको २१.०९ प्रतिशत, मधेसी समूहको १६.७३ प्रतिशत, दलित समूहको ६.१८ प्रतिशत, थारु समूहको ३.२७ प्रतिशत र मुस्लिम समूहको ३.६४ प्रतिशत प्रतिनिधित्व रहेको छ ।

यो विविधताले नेपालको बहुजातीय र बहुभाषिक पहिचानलाई संसदको नीति निर्माण तहमा बलियोसँग स्थापित गरेको प्रवक्ता भट्टराईले बताउनु भयो । —न्युज एजेन्सी नेपाल