१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औँ संस्करण शुरु

खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औँ संस्करण शुरु
अ अ+ अ-

काठमाडौँ। खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औँ संस्करण पोखरामा शुरु भएको छ ।

नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको शुभारम्भ भएको हो । प्रतियोगिता पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो ।

सो क्रममा नगर प्रमुख आचार्यले पोखरेली पर्यटनको मेरुदण्डका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई नियमित सञ्चालनका लागि विभिन्न पहलहरू गरिएको बताउनु भयो ।

अन्तर्राष्ट्रिय विमानस्थलका कारण विस्थापित हुने अवस्थामा पुगेको प्याराग्लाइडिङ उडानलाई पुनः सञ्चालन गर्ने सन्दर्भमा विभिन्न चरणहरूमा समाधान केन्द्रित छलफलहरू गरिएको उहाँले बताउनु भयो ।

पोखरा भ्रमणमा आउने अधिकांश पर्यटकहरूको प्रमुख रोजाइमा पर्ने गरेको प्याराग्लाइडिङ उडानलाई अझ व्यवस्थित बनाउन व्यवसायीहरूलाई उहाँले आग्रह गर्नुभयो । सुरक्षाको पक्षलाई मजबुत बनाउँदै पर्यटकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन समेत दिनुभयो ।

पोखरा साहसिक गतिविधिका कारण परिचित रहेको उल्लेख गर्दै यसको गरिमा कायम राख्न उहाँले अपिल गर्नुभयो । प्रतियोगितामा नेपाल सहित विभिन्न ७ देशका १४ महिला सहित ९० जना प्याराग्लाइडिङ पाइलटहरूको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारत, चीन, साउदी अरेबिया, उज्वेकिस्तान, इटाली र लेबनानका खेलाडीहरूले सहभागिता जनाएका छन् । प्रतियोगिता एक्युरेसी विधामा मात्र सञ्चालन गरिएको छ । सराङकोटबाट टेकअफ भएका ग्लाइडरहरु फेवाताल किनारस्थित खपौदी क्षेत्रमा ल्यान्डिङ हुनेछन् ।

व्यक्तिगत तर्फ प्रथम हुनेले पुरुष तर्फ १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

समूहतर्फ प्रथम हुने टोलीले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेता हुनेले ७५ हजार, उपविजेता हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार प्राप्त गर्नेछन् । —न्युज एजेन्सी नेपाल