४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मनसुन सुरु हुनुअघि नै कुमारी घरको छानो जिर्णोद्धार गरिसक्न डंगोलको निर्देशन

मनसुन सुरु हुनुअघि नै कुमारी घरको छानो जिर्णोद्धार गरिसक्न डंगोलको निर्देशन
अ+ अ-

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मनसुन शुरु हुनुअघि कुमारी वहाल ९कुमारी घर०को छानो जिर्णोद्धार गरिसक्न निर्देशन दिनुभएको छ ।

बिहीवार वसन्तपुरस्थित कुमारी घरको छानो जीर्णोद्धार कार्यको अनुगमन गर्र्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले कुमारी घरसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षमा असर नहुने गरी समयमा काम सक्न निर्माण पक्षलाई निर्देशन दिएको बताउनु भयो ।

उहाँले कुमारी वहाल काठमाडौंको अनुहार समेत भएको उल्लेख गर्र्दै यसको छानो चुहिएको सूचना पाएपछि चासो राखेर महानगरपालिका जीर्णोद्धारका लागि आएको बताउनु भयो । गत बर्खायामबाट कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न साउन २ गते समिति गठन भएको थियो । कार्यवाहक प्रमुख डंगोलले जीर्णोद्धार कार्य सम्पन्न भइसकेपछि थप सामाजिक तथा धार्मिक कार्य अगाडि बढाइने जानकारी समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले जसले यो कन्ट्र्याक्टमा काम गर्दै हुनुहुन्छ उहाँसँग बसेर जतिसक्दो छिटो अझ मनसुन आउनुभन्दा अगाडि कसरी सम्पन्न गर्न सकिन्छ भनेर छलफलको लागि पनि आज आएका हौँ । महानगरबाट गर्नुपर्ने सहयोगमा कुनैपनि कसुर बाँकी नराख्ने तथा यो सांस्कृतिक तथा धार्मिक रुपले पनि एकदमै महत्वपूर्ण ठाउँ भएको कारण यसमा धार्मिक तथा प्रशासनिक रुपमा पनि हामी काम अगाडि बढाउने छौँ ।’

बोलपत्रमार्फत छानिएको निर्माण पक्ष अजय निर्माण सेवासँग फागुन ११ गते सम्झौता गरेर फागुन २५ गतेदेखि जिर्णोद्धारको काम शुरु भएको थियो । कार्यवाहक प्रमुख डंगोलले न्यूरोडस्थित महानगरको वरुणयन्त्र कार्यालयको पनि अनुगमन गर्नुभएको छ । कार्यालयको पुनर्निर्माण समयमै सम्पन्न गर्न उहाँले निर्माण पक्षलाई निर्देशन दिनुभयो ।