५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

 इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा नौ वटा अनुसन्धान प्रस्तुत

 इन्जिनियरिङ कलेजका विद्यार्थीद्वारा नौ वटा अनुसन्धान प्रस्तुत
अ+ अ-

काठमाडाैं । भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहका विद्यार्थीहरूको सक्रियतामा ‘हामीले डिजाइन गर्ने र बसोबास गर्ने स्थानहरूको पुनर्कल्पना’ विषयक एकदिने सेमिनार सम्पन्न भएको छ ।

आर्किटेक्चर विभागका २०२१ ब्याचका विद्यार्थीहरूले आयोजना गरेको उक्त कार्यक्रममा समसामयिक सामाजिक, सांस्कृतिक, वातावरणीय तथा मनोवैज्ञानिक विषयहरूमा आधारित नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए ।

सेमिनारमा प्रमुख अतिथिका रूपमा सहभागी डाक्टर झरना जाेशीले विद्यार्थीहरूको अनुसन्धानमूलक पहलको प्रशंसा गर्दै सामाजिक उत्तरदायी डिजाइन र अन्तरविषयगत सोचको आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारी, सहायक–प्राचार्य मोहन ध्वज के.सी. तथा विभागीय प्रमुख राम प्रसाद सुवाल लगायतको उपस्थिति रहेको थियो ।

एक दिने सेमिनार तीन सत्रमा विभाजन गरिएको थियो, जसमा कुल नौ वटा अनुसन्धान प्रस्तुत गरिएका थिए । प्रस्तुत विषयहरूमा महिलाको अदृश्य श्रम, युवामा डिजिटल लत, परम्परागत ‘नानी’ खुला स्थानमा शहरीकरणको प्रभाव, इँटा उद्योगमा बालश्रम, वैदेशिक पलायन, बनेपाको टुन प्रणाली, देउडा संस्कृति, मानसिक स्वास्थ्य समस्या तथा हनुमन्ते नदीको प्रदूषण जस्ता महत्वपूर्ण मुद्दाहरू समेटिएका थिए ।

अनुसन्धानहरूले सामाजिक तथा शहरी समस्याहरूको गहिरो विश्लेषण गर्दै व्यावहारिक समाधानहरू पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा प्यानल छलफल, विद्यार्थी प्रस्तुति तथा अन्तरक्रियाले शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाएको थियो । सेमिनारले अनुसन्धानमा आधारित सिकाइ, सामाजिक उत्तरदायित्व र विद्यार्थी नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ । यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक तथा सामाजिक रूपमा सक्षम बनाउने विश्वास गरिएको छ ।