५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन

अमेरिकी, इजरायली दूतावास र इरानी कन्सुलेट अगाडी प्रदर्शन
अ+ अ-

इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरे पश्चात जारी अमेरिका/इजरायल र इरानबीचको युद्ध तत्काल  अन्त्य गरि  शान्ति प्रवर्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव  अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन प्रदर्शन गरेको छ ।

“अमेरिकाः आक्रमणकारी भुमिका बन्द गर । अरु देशको सार्वभौमसत्ताको सम्मान गर । इजरायलः बर्बरता र आक्रामकता बन्द गर । शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर । इरानः आणविक महत्वाकांक्षा परित्याग गर । आफ्नै नागरिक माथि दमन र अत्याचार बन्द गर” भन्दै  काठमाण्डौ महाराजगन्जस्थित अमेरिकी राजदूतावास र लाजिम्पाटस्थित इजरायली राजदुतावास अगाडि विहान  र दरवारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि मध्यान्ह आधा घण्टा प्रदर्शन भएको थियो ।

प्रदर्शनमा शान्तिवादीहरुले “युद्ध रोकः शान्ति प्रवर्धन गर, युद्धको बीज शासकहरूको अहंकार, हाम्रो चाहनाः हिंसारहित समाज–युद्धरहित विश्व, युद्धको खेती बन्द गर, शान्तिको सन्देश बुलन्द गर, युद्धको विस्तार मानवजातिको विनाश “लेखिएका प्लाकार्ड  बोकेका थिए ।

प्रदर्शन पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ शान्ति समाजका तर्फबाट लेखिएको पत्र  अमेरिकी राजदूतावासमा हस्तान्तरण गरिएको थियो ।

“युद्ध विस्तार हुँदै जानु विश्व शान्तिकै लागि गम्भीर खतरा भएकाले हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने धारणा सहित युद्ध रोकी शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न मानव अधिकार तथा शान्ति समाजका तर्फबाट महामहिम राष्ट्रपतिज्यूलाई हार्दिक आग्रह गर्दछौं ।

साथै, हामी र हामीजस्ता विश्वभरिका शान्तिवादीहरूको आग्रहलाई स्वीकार गरी महामहिम राष्ट्रपतिज्यूबाट शीघ्र युद्ध अन्त्यको घोषणा हुनेछ भन्नेमा हामी आशावादी छौं । यसैगरी हामी अमेरिकालाई युद्धको पक्षधर होइन, सदैव शान्तिका लागि अग्रसर भूमिकामा देख्न चाहन्छौं ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ शान्ति समाजका तर्फबाट लेखिएको पत्रमा उल्लेख छ ।

यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको पत्र इजरायली दूतावासले लिन नमानेको हँुदा इमेलबाट पठाएको छ । पत्रमा शीघ्र युद्ध अन्त्यको घोषणा र  इजरायललाई शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्बन गर्न  विनम्र आग्रह गरिएको छ ।

साथै इरानी राष्ट्रपति मसुद पेजेश्कियन लाई लेखिएको पत्रमा  इरानलाई आणविक महत्वाकांक्षा परित्याग गर्न र इरानमा लोकतन्त्र बहाली गर्न सादर आग्रह गरिएको छ । सो पत्र इरानी कन्सुलेट कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

स्मरणीय छ, शान्ति समाजले इजरायलको बर्बरता र इरानको आणविक महत्वकांक्षा दुवै विश्व शान्तिका लागि खतरा भएको धारणासहित पटक पटक प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति गोविन्द  खनाल, सल्लाहकार रामप्रसाद जोशीसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।

यसैगरी युद्ध तत्काल  अन्त्य गरि शान्ति प्रवर्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव  अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुले बुटवल, सुर्खेत, भरतपुर, नेपालगन्ज, नुवाकोट, सल्यान, पाल्पा, पोखरा, बिर्तामोड, तेह्रथुम र तम्घासमा प्रदर्शन गरेका थिए ।