१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओढ्ने ओछ्याउने बोकेर स्वास्थ्य सेवा लिन आउनेक्रम जारी



अ+ अ-

महोत्तरी । बृहत् निःशुुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आउनेक्रम जारी रहेको छ ।

स्थानीय सोनमा गाउँपालिका–३ मा सञ्चालित शिविरबाट एक हप्तामा १६ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् । महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि यहाँ विरामी आउनेक्रम रोकिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्तरुपमा यहाँ सञ्चालित शिविरमा स्वास्थ्य सेवा प्राप्त गर्न पहुुँच कम भएका स्थानीयबासीका लागि बरदान सावित भएको छ ।

खखना माध्यामिक विद्यालयमा मङ्सिर २७ देखि शिविर सञ्चालित हुँदै आएको छ । हालसम्म १६ हजार ७४७ बिरामीलाई सामान्य उपचार सेवादेखि ठूलाखाले शल्यक्रियासम्मको उपचार सेवा प्रदान गरिएको सहायक रथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा उपचार गर्न आउनुभएका बिरामीमध्ये २४३ जनाको सफल शल्यक्रिया गरिएको छ । शिविरमा दैनिक तीन हजारको सङ्ख्यामा उपचारका लागि अझै बिरामी आउनेक्रम जारी छ । शिविरबाट हालसम्म नौ हजार ५४३ महिला र सात हजार १५४ पुरुष बिरामी उपचार पाएका डा खत्रीले बताउनुभयो ।

पुस ५ गतेसम्म शिविर सञ्चालन हुने कार्यक्रम बनाइएको छ । स्थानीयको मागमा शिविर एक दिन थप गर्ने सम्भावना रहेको बताइएको छ । उपचारका लागि शिविरमा तीन हजार बिरामीले अग्रिम नाम दर्ता गराइसकेका छन् । जचाउन आएकी स्थानीय ६२ वर्षीया काशीकुमारी देवीको पाठेघरबाट पाँच किलो तौलको ट्युमर निकालिएको छ ।

नवजात शिशुदेखि ९० वर्षसम्मका वयोवृद्धाले चिकित्सकबाट सेवा लिनुभएको छ । शिविरमा स्वास्थ्य परीक्षण गराउन महोत्तरी लगायत सर्लाही, सिन्धुली, धनुुषा र सिरहादेखि बिरामी जाडोमा ओढ्ने ओछ्याउने बोकेर आएका शिविर व्यवस्थापन समितिका प्रवक्ता अशोककुुमार यादवले जानकारी दिनुुभयो ।

स्वास्थ्य परीक्षण गर्न आउने पुुरुषमा हर्निया, हाइड्रोसिल र पित्त थैलीको पत्थरीको समस्या देखिएको छ । महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको सेनानी डा मनिष थापाले जानकारी दिनुभयो ।

शिविरमा प्रसूूति, बालरोग, दाँत, आकस्मिक सेवा, छाला, नाक, कान, घाँटी, छातीका साथै रेडियोलोजी, प्याथोलोजी, इको, इसिजी सेवा उपलब्ध छ । शिविरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले सुन्दरपुर विद्यालयका विद्यार्थीलाई जुकाको औषधि खुवाउनुका साथै त्यस क्षेत्रका मुसहर र डोमबस्तीमा लामखुट्टे हटाउने औषधिसमेत छर्केका थियो ।

यसैबीच, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानको मौलिक हकमा लेखिएका स्वास्थ्य र शिक्षालगायतका विषय कार्यान्वयन गर्नु तीन तहका सरकारको कर्तव्य हुनाले त्यस कार्यमा लाग्नुपर्छ भन्नुभयो ।

शिविर निरीक्षण गर्न आउनेक्रममा सञ्चारकर्मीसंगको कुराकानीमा उहाँले भन्नुभयो, “सरकारको नीति तथा कार्यक्रममा हरेक तहकमा एउटा स्वास्थ्य चौकी राख्ने व्यवस्था गरेको छ । स्थानीय तहले त्यसको कार्यान्वयका लागि लाग्नुपर्छ । नेपाली सेनाले बेलाबेलामा ठाउँ विशेषमा अभियानका रुपमा शिविर सञ्चालन गरेर त्यसमार्फत जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने काम गरेको हो ।”