१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक विभेद नभई दुई वर्ग जन्मनु हुँदैन : मन्त्री बाँस्कोटा



अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र गरीबी दर तीन प्रतिशतले घटाएर १५ प्रतिशतमा झारिने बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेपलाञ्चोकद्वारा आयोजित ‘गुणस्तरीय शिक्षा : आजको आवश्यकता’ विषयको एकदिने प्राध्यापक गोष्ठीलाई आज बनेपामा सम्बोधन गर्दै उहाँले १८ प्रतिशतको गरीबी पाँच वर्षभित्र १३ प्रतिशतमा झारिने बताउनुभयो ।

सरकारका प्रवक्ताले भन्नुभयो, “पाँच वर्षभित्र गरीबीलाई १५ प्रतिशतमा झार्छौँ, जनशक्तिलाई उत्पादनसँग जोडेपछि यो सम्भव छ ।” नेपालको व्यापार घाटा घटाउन कृषिमा व्यापकरूपले आधुनिकीकरण गर्दै तीव्रता दिइने र अनुसन्धानतर्फ स्रोत र सीमालाई प्रवद्र्धन गर्दै लैजाने उहाँको धारणा थियो । मन्त्री बाँस्कोटाले शिक्षामार्फत श्रमलाई उत्पादनको सम्बन्धसँग जोडेपछि मात्रै राष्ट्रिय पूँजी निर्माण हुने दोहोर्याउनुभयो । “हामी नीति–निर्माणको चरणमा छौँ, नीति पनि कार्यान्वयन गर्न समय लाग्छ, अनि क्रमशः लागू हुँदै जान्छ”, उहाँले भन्नुभयो । भारतसँग १४ सय खर्बको व्यापारघाटा ब्यहोर्दै आइएकामा यस वर्ष पहिलो पटक एक खर्बको निर्यात हुन सफल हुने उहाँले जिकिर गर्नुभयो ।

मन्त्री बाँस्कोटाले गुणस्तरीय शिक्षाभित्र ‘श्रमलाई सम्मान गर्नुपर्छ’ भन्ने चेतना दिन नसकेकामा दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “उत्पादनका स्रोतसाधनलाई जनताको श्रम सम्बन्धसँग जोड्नुपर्दछ, जसमा सम्मान प्रमुख विषय हुन्छ ।” सरकारलाई रोजगारीको अवसर सिर्जना गरेन भनेर आलोचना गर्ने संस्कार बसेकाले गरगहना, प्लम्बिङ, पुनः प्रयोग हुने सामग्री सङ्कलन, मेशिनरी मर्मत, कपडा डिजाइनका काममा नेपाली जनशक्ति लाग्नुपर्ने आवश्यकतासमेत उहाँले औँल्याउनुभयो ।

मन्त्री बाँस्कोटाले सामुदायिक र निजी शिक्षा एउटै हुनुपर्ने बताउँदै भन्नुभयो, “उत्पादित जनशक्तिबीच शैक्षिक विभेद नभई दुई वर्ग जन्मनु हुँदैन, एउटै जनशक्तिलाई प्रतिस्पर्धात्मक भने बनाउनुपर्छ”, उहाँले भन्नुभयो । शैक्षिक संस्थाबाट उच्च प्रशासक, असल कृषक, नेता, चिकित्सक, इञ्जिनीयरलगायत जनशक्ति जन्मने भएकाले विद्यालयको शिक्षा गुणस्तरीय हुनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले शिक्षकले कर्तव्य र जिम्मेवारी पूरा नगर्दा ‘भ्रष्टाचार’ हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अब प्रधानाध्यापकसँग ‘करार सम्झौता’ हुनुपर्छ, रिजल्ट बिग्रेमा प्रधानाध्यापकले जिम्मेवारीबाट हट्नुपर्दछ, यसो भयो भने गुणस्तरीयतामा ढुक्क बन्न सकिन्छ ।” आर्थिक, सामाजिक, भौतिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा शैक्षिक अवस्था कहाँ पुग्यो भनेर त्यसको अध्ययनबाट शिक्षामा थप सुधार गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री बाँस्कोटाले शिक्षाले आफ्नो देश र परिवेश दिलाउनुपर्ने उल्लेख गर्दै देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा शिक्षक दत्तचित्त रहनुपर्ने उहाँको धारणा थियो । काभ्रेपलाञ्चोकमा २९ विद्यालय पुनःनिर्माण भइसकेको जनाउँदै यस वर्ष मात्रै विद्यालयका लागि रु दुई अर्ब बजेट छुट्याइएको जानकारीसमेत उहाँले दिनुभयो ।