१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने

सरकारले जनताको मुहारमा चमक ल्याएको छ : शर्मा

सरकारले जनताको मुहारमा चमक ल्याएको छ : शर्मा
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको बताउनुभएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा शर्माले देश आर्थिक समृद्धिको यात्रामा अगाडी बढेको बताउनुहुँदै भौतिक संरचनाहरुको निर्माणका सन्दर्भमा सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभएको हो ।

‘देश आर्थिक समृद्धिको दिशमा अगाडी बढेको छ भन्ने कुरा विभिन्न तथ्याङकहरुले पुष्टि गर्छ । भौतिक संरचना निर्माणमा पनि सरकारले महत्वपूर्ण कदम चालेको छ । केही राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका छन् केही हुने क्रममा छन्’, उहाँले भन्नुभयो, ‘३० महिनामा पुरा गर्ने लक्ष्य लिइएको ६७ किलोमिटर पाईपलाइनको काम १८ महिनामा सम्पन्न भएको छ । यो सबैका लागि खुसीको कुरा हो ।’

एक फरक प्रशंगमा शर्माले विभिन्न समितिमा हुने विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रीहरु सहभागि नुहने गुनासो आएको बताउनुभएको छ । समितिका सभापतिहरुले आफ्नो विधेयकहरुलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको भएपनि सम्बन्धित मन्त्रीहरु छलफलमा सहभागि नहुँदा विधेयक तदारुकताका साथ अगडी बढाउन समस्या आउने गरेको उहाँले बताउनुभयो । समितिको छलफलमा मन्त्रीहरु सहभागि नहुने गुनासो आगामी दिनम नहोस भन्दै उहाँे सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

राष्ट्रियसभाको पाँचौ अधिवेशनको पहिलो दिन उहाँले यहि अधिवेशनबाट केही सांसदहरु विदा भएर जाँदा दुःख लागेको बताउँदै नयाँ सदस्यहरु भित्र्याउँदा राष्ट्रियसभाको गरिमा उच्च राख्न अझ बौद्धिक र अनुभवि व्यक्ति ल्याउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।