१८ आश्विन २०८१, शुक्रबार
,
Latest
राहत सामग्री नपाएको बाढीपीडितको गुनासो अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले जनताको मुहारमा चमक ल्याएको छ : शर्मा



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य दिनानाथ शर्माले सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको बताउनुभएको छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा शर्माले देश आर्थिक समृद्धिको यात्रामा अगाडी बढेको बताउनुहुँदै भौतिक संरचनाहरुको निर्माणका सन्दर्भमा सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभएको हो ।

‘देश आर्थिक समृद्धिको दिशमा अगाडी बढेको छ भन्ने कुरा विभिन्न तथ्याङकहरुले पुष्टि गर्छ । भौतिक संरचना निर्माणमा पनि सरकारले महत्वपूर्ण कदम चालेको छ । केही राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएका छन् केही हुने क्रममा छन्’, उहाँले भन्नुभयो, ‘३० महिनामा पुरा गर्ने लक्ष्य लिइएको ६७ किलोमिटर पाईपलाइनको काम १८ महिनामा सम्पन्न भएको छ । यो सबैका लागि खुसीको कुरा हो ।’

एक फरक प्रशंगमा शर्माले विभिन्न समितिमा हुने विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रीहरु सहभागि नुहने गुनासो आएको बताउनुभएको छ । समितिका सभापतिहरुले आफ्नो विधेयकहरुलाई अगाडी बढाउन महत्वपूर्ण भूमिका खेलेको भएपनि सम्बन्धित मन्त्रीहरु छलफलमा सहभागि नहुँदा विधेयक तदारुकताका साथ अगडी बढाउन समस्या आउने गरेको उहाँले बताउनुभयो । समितिको छलफलमा मन्त्रीहरु सहभागि नहुने गुनासो आगामी दिनम नहोस भन्दै उहाँे सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

राष्ट्रियसभाको पाँचौ अधिवेशनको पहिलो दिन उहाँले यहि अधिवेशनबाट केही सांसदहरु विदा भएर जाँदा दुःख लागेको बताउँदै नयाँ सदस्यहरु भित्र्याउँदा राष्ट्रियसभाको गरिमा उच्च राख्न अझ बौद्धिक र अनुभवि व्यक्ति ल्याउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।