८ भाद्र २०८३, सोमबार
,
Latest
नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी बलात्कारपछि हत्याका घटना रोक्न कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग बाफियामा संशोधन गरी बैंकिङ क्षेत्रका समस्या सम्बोधन गर्न सांसद अधिकारीको माग सरकारको प्रभाव र जनविश्वास घट्दै गएको अमरेश सिंहको दाबी गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति गगनले दिए राजीनामा



photo: rss
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न नसकेपछि थापाले सभापति पदबाट राजीनामा दिएका हुन् ।  थापाले दिएको राजीनामाबारे शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गर्ने जनाईएको छ ।

थापा आफै पनि सर्लाही-४ बाट रास्वपाका डा अमरेशकुमार सिंहसँग पराजित भएका थिए । कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिट मात्रै प्राप्त गरेको छ ।

निर्वाचनमा पराजित भएसँगै एक पक्षले थापाले राजीनामा दिनुपर्ने माग गरिरहेका थिए । उनले पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाइ राजीनामा बुझाएको बताइएको छ ।

थापा निर्वाचनअघि भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए ।