२० भाद्र २०८३, शनिबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला लिग : सङ्कटाको विजयी सुरुवात



तस्बिर : एन्फा
अ+ अ-

काठमाडौँ। राजधानीमा आजदेखि सुरुआत भएको सहिद स्मारक एन्फा महिला लिग फुटबल प्रतियोगितामा सङ्कटा एफसीले न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै विजयी भएको छ ।

ललितपुरस्थित च्यासल रङ्गशालामा आज भएको खेलमा सङ्कटाले न्युरोड टिममाथि ४–० गोलको जित निकाल्दै विजयी भएको हो । सङ्कटाको जितमा विन थेइङ्गी टुन, लुसी होजे मोकाम्बी, सुक्रिया मिया र क्विनाबेल अमानक्रहले समान एक/एक गोल गरे ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फ)को आयोजनामा आजदेखि सुरुआत भएको उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहेको छ ।  रासस