९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत

न्यायप्रणाली लयमा फर्किएको छः प्रधानन्यायाधीश राउत
फाइल फोटो
अ अ+ अ-

नेपालगञ्ज। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका कारण न्यायप्रणाली विस्तारै लयमा फर्किएको बताउनुभएको छ ।

उहाँले आज यहाँ बाँकेका कानुन व्यवसायीसँग छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधारलगायत विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो । प्रधानान्यायाधीश राउतले जेनजी आन्दोलनपछि जलेका मिसिलको व्यवस्थापन र न्याय क्षेत्रमा पुनःप्रेरणा प्रदान गर्ने विषयलाई प्राथमिकता दिइएको बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतमा करिब २० हजार मिसिल जलेको अवस्थामा हालसम्म १९ हजार मिसिल कायम गरिसकिएको जानकारी दिँदै मोफसलका अदालतमा जलेका मिसिलको पुनःतयारीका लागि आफूले केन्द्रस्तरबाट महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरिरहेको बताउनुभयो ।

अदालत राम्रोसँग सञ्चालन भए कानुन व्यवसायी पनि सन्तुष्ट हुने उल्लेख गर्दै प्रधानन्ययाधीश राउतले मिसिल पुनःस्थापना र न्याय सम्पादनमा सहयोग पु-याउन कानुन व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले अदालत जल्नुमा अदालतलाई हेर्ने नकारात्मक दृष्टिकोणले पनि भूमिका खेलेको हुनसक्ने उल्लेख गर्दै यसको समीक्षा आवश्यक रहेको धारणा राख्नुभयो ।

बदलिँदो सन्दर्भमा अदालत मात्र होइन, न्यायालयलाई हेर्ने दृष्टिकोण किन नकारात्मक बन्न पुग्यो भन्ने प्रश्नमा गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो । प्रधानन्यायाधिश राउतले बदलिँदो परिवेशअनुसार अदालत र कानुन व्यवसायी दुवैले आफूलाई समयानुकूल बदल्नुपर्नेमा जोड दिनुभयो ।

न्यायिक सुशासनका सवालमा कानुन व्यवसायीले उठाएका जिज्ञासाको सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले अदालतसँगै कानुन व्यवसायीले पनि आफ्नो वकालतको प्रकृति समयअनुसार रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।

बाँकेका कानुन व्यवसायीहरूले अहिलेसम्म मुद्दाका मिसिल कायम नभएका कारण सुनुवाइमा ढिलाइ भएको, बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ प्रभावित भएको, तथा न्यायका उपभोक्ताको सहज पहुँचमा समस्या परेको विषय उठाएका थिए ।

सो अवसरमा कानुन व्यवसायी समूहका तर्फबाट अधिवक्ता वसन्त गौतमले सार्वजनिक सरोकारका विषयमा अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको सङ्गालो प्रधानन्यायाधीश राउतलाई प्रदान गर्नुभएको थियो । यसअघि प्रधानन्यायाधिश राउतले जेनजी आन्दोलनबाट जलेका भवनको निरीक्षणसमेत गर्नुभएको थियो ।  रासस