१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस



अ+ अ-

मस्को। रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले साप्ताहिक ब्रिफिङमा भन्नुभएको छ, “हामी बुशहर आणविक ऊर्जा संयन्त्रको भित्री घेरामा गरिएको गैरजिम्मेवार, पूर्ण रूपमा अस्वीकार्य क्षेप्यास्त्र आक्रमणको कडा निन्दा गर्दछौँ ।”

उहाँले थप्नुभयो, “रूसले संयुक्त राज्य अमेरिका र इजरायललाई प्लान्टमा अझै पनि काम गरिरहेका रूसी नागरिकहरूको ‘जीवनलाई जोखिम सिर्जना हुने कार्य“ नगर्न चेतावनी दिएको थियो ।

मस्कोले बुशहर आणविक ऊर्जा संयन्त्रको निर्माण गर्न मद्दत गरेको थियो।  (रासस/एएफपी)