१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

इरानी सुरक्षा प्रमुख लारिजानीकोको मृत्यु भएको तेहरानद्वारा पुष्टि

इरानी सुरक्षा प्रमुख लारिजानीकोको मृत्यु भएको तेहरानद्वारा पुष्टि
अ अ+ अ-

तेहरान। इजरायलले बुधबार आफ्नो क्षेत्रीय शत्रु इरानको राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ ।

इजरायलले इरानका सुरक्षा प्रमुखको मृत्यु भएको मङ्गलबार घोषणा गरेपनि यसबारे इरानको भनाइ सार्वजनिक भएको थिएन ।

इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

अली लारीजानीको मृत्यु इरानका लागि ठूलो झट्का हो । करिब तीन हप्ता पहिले अमेरिका–इजरायल आक्रमणमा मारिएका लामो समयदेखि शासन गरिरहेका दिवङ्गत नेता अयातोल्लाह अली खामेनीसँग लारिजानीको निकट सम्बन्ध रहेको र इरानी युद्ध रणनीतिमा समेत विशेष भूमिका रहेको थियो ।

दिवङ्गत खामेनीको अमेरिका–इजरायली आक्रमणमा भएको मृत्युसँगै मध्य पूर्वमा युद्ध भड्किएको थियो।

इरानी संसदका सभामुख बागर गलिवाफले ‘स्ट्रेट अफ हर्मुज’मा पानीजहाज युद्धपूर्वको मापदण्डमा नफर्कने वाचा गरेलगत्तै सोमबारदेखि मङ्गलबार बिहानसम्म इरानी राजधानी तेहरानमा गरेको व्यापक हवाइ आक्रमणमा लारिजानीको मृत्यु भएको थियो ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी गरिएको जलमार्गबाट तेल ट्याङ्करहरू पुर्याउन मद्दत गर्ने उहाँको आह्वानलाई अस्वीकार गरेकोमा सहयोगीहरूको आलोचना गर्दै अब यसका लागि कसैको सहयोग आवश्यक नपर्ने बताउनुभएको छ । उहाँले अमेरिका यस कार्यका लागि आँफै सक्षम रहेको बताउनुभएको थियो ।

अयातोल्लाहका निकट व्यक्तित्व लारीजानीले युद्धमा इरानको प्रतिशोधात्मक अभियानको नेतृत्व गर्नुभएको थियो ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले लारिजानीको मृत्युको पुष्टि गर्दै जारी गरेको विज्ञप्तिमा भनेको छ, “इरानको विकास र इस्लामिक क्रान्तिका लागि जीवनभरको सङ्घर्षपछि अन्ततः उहाँले आफ्नो लामो समयदेखिको आकाङ्क्षा पूरा गर्नुभयो । ईश्वरीय आह्वानको जवाफ दिनुभयो र सम्मानपूर्वक सेवाको क्रममा शाहदत प्राप्त गर्नुभयो ।”

लारिजानीको मृत्युबाट हौसिएको इजरायली सेनाले २८ फेब्रुअरीमा आफ्ना पिताको मृत्युपछि सत्ता सम्हालेका सर्वोच्च नेता मोजतबा खामेनीलाई पनि समाप्त गर्ने प्रतिबद्धता जनाएको छ ।

सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले पत्रकारहरुसँग भन्नुभयो, “हामीलाई मोजतबा खामेनी सर्वोच्च नेता चुनिएपछि उहाँबारे जानकारी छैन, हामीले उहाँको आवाज सुनेका छैनौँ र देखेका पनि छैनौँ । तर हामी उहाँलाई खोज्नेछौँ, पत्ता लगाउनेछौँ र आवश्यक कारबाही गर्नेछौँ ।