१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने

एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
अ अ+ अ-

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरुले कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने प्रतिवद्धता जनाएका छन् ।

१२ औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधवाको बैठकमा संघका सम्पूर्ण पदाधिकारीले यस्तो प्रतिवद्धता जनाएको संघका अध्यक्ष डा. हेमराज शर्माले जानकारी दिनुभएको हो ।

अध्यक्ष शर्माकाअनुसार पदाधिकारीहरुले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।

उहाँले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने र सो रकम तुरुन्तै रिलिज गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँकाअनुसार संघका पदाधिकारी तथा सदस्यहरूबाट न्युनतम एक करोड रुपैयाँ संकलन गर्ने र सो विशेष टास्क फोर्सको योजनाअनुसार र मध्यपूर्वमा रहेका नेपाली नागरिकको सहयोगका लागि खर्च गर्ने बताउनु भयो । उहाँले हाल संघमा करिव एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

उहाँले भन्नुभयो, ‘मध्यपूर्वमा जाने गैरआवासीयन नेपाली नागरिको लागि हामीले एक करोड रुपैयाँको कोष स्थापना गरेका छौँ । र आज नै फण्ड रिलिज पनि गरेका छौँ । संघको कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यबाट कम्तिमा पनि एक करोड रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेका छौँ ।

अहिले युद्धका कारणले मध्यपूर्वमा रहेका नेपालीलाई कसरी सहयोग गर्ने भनेर हामीले एउटा टास्क फोर्स बनाएका छौँ । त्यसले हामीलाई योजना दिइसकेपछि आवश्यकताअनुसार कोषको रकम प्रयोग गर्ने भन्ने निर्णय गरेका छौँ । अहिले संघमा एक लाख ३० हजार सदस्य हुनुहुन्छ । प्रत्येक मेम्बरबाट एक डलर कोषमा जम्मा गर्ने र यो कार्यकालभरी यस कोषलाई ६ करोडको बनाउने निर्णय पनि भयो ।

अर्को, हामी सबै पदाधिकारीले हस्ताक्षरपत्रमा पनि हस्ताक्षर गर्यौं । एनआरएनको पदाधिकारीले संघमा आवद्ध रहुञ्ञेल कुनैपन राजनीतिक दल वा दलको भ्रातृ संघठनको पदाधिकारी बन्न नपाइने र सामाजिक सञ्जालमार्फत कुनैपनि राजनीतिक दललाई गाली गलौज, व्यक्तिगत चरित्र हत्या गर्ने कार्य नगर्ने भनेर प्रपिवद्धता पत्रमा साइन गरेका छौँ । अहिले राजनीतिक दलमा आवद्ध साथिहरुले समेत राजीनामा दिनेगरी प्रतिवद्धता गरेका छौँ ।’

बैठकले सचिवालय व्यवस्थापन लगायतका निर्णय पनि गरेको शर्माले बताउनु भयो । नवगठित कार्यसमितिको बैठक शुक्रवारसम्म बस्नेछ । –न्युज एजेन्सी नेपाल